सुडानमा हवाई आक्रमण, १६ जनाको मृत्यु

वाड मदनी । सुडानका युद्धरत जनरलहरूले गरेको हवाई आक्रमण र तोप आक्रमणबाट मङ्गलबार खार्तुम क्षेत्रमा कम्तीमा १६ जनाको मृत्यु भएको छ ।
सुडानमा १०० दिनभन्दा लामो युद्धपछि भएको पछिल्लो बमबारीमा मृत्यु भएकासहित युद्धका कारण देशभर कम्तीमा तीन ९०० जनाको मृत्यु भएको छ ।
खार्तूमको उत्तरपश्चिममा पर्ने ओम्बाडा क्षेत्रमा रहेका सर्वसाधारणका घरमा गोलाबारी हुँदा ‘यस मूर्खतापूर्ण युद्धमा आज १६ जना नागरिकको मृत्यु भएको छ,’ खार्तूमको छिमेकमा रहेर काम गर्ने ‘नेइबरहुड ग्रुप’ले भनेको छ । यो सुडानमा रहेका केही लोकतन्त्र समर्थक ‘प्रतिरोध समितिहरू’ मध्ये एक हो । यसले प्याच इन्टरनेट, भूमि लाइनहरू, वा युद्ध सुरु भएदेखि आफ्नो जीवनलाई जोखिममा राखेर अतिआवश्यकीय सामानको आपूर्तिहरूको प्रवन्ध गर्दै आएको छ ।
समितिले एएफपीलाई उपलब्ध गराएको वक्तव्यमा पछिल्लो आक्रमणमा हताहत हुनेको सङ्ख्या अझै स्पष्ट नभएको जनाएको छ ।
स्थानीय बासिन्दा मोहम्मद मन्सुरले एएफपीसँग कुरा गर्दै विस्फोटबाट ध्वस्त भएका घरको भग्नावशेषबाट आठ जनाको शव निकाल्न आफूले सहयोग गरेको बताए । “भग्नावशेष नजिकैको घरमा दुई बालबालिकासहित चार जनाको मृत्यु भएको छ,” अर्की स्थानीय हागार युसुफले भने ।
सुडानमा सेना प्रमुख अब्देल फतह अल बुरहान र अर्धसैनिक र्यापिड फोर्स आरएसएफका कमाण्डर मोहम्मद हमदान डग्लोबीच गत अप्रिल १५ देखि युद्ध सुरु भएको थियो ।-(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टर्कीद्वारा ८९ जना शंकास्पद आईएस सदस्य पक्राउ
-
थाइल्यान्डमा लोक सांस्कृतिक कार्यक्रम देखाएर फर्कियो एभरेस्ट कल्चरल ग्रुप
-
बीवाईडीले जित्यो २०२५ को 'वर्ल्ड अर्बन कार अफ द इयर' अवार्ड
-
राष्ट्रपति सीसँग कुरा गर्न तयार छन् ट्रम्प, को पहिला झुक्ला ?
-
अमेरिकी विशेष दूतले रुसी कथा फैलाइरहेको जेलेन्स्कीको आरोप
-
धवलशमशेरलाई क्यान्सरको फलोअप उपचारमा जान नदिने षडयन्त्रमा सरकार लागेको आरोप