कांग्रेस केन्द्रीय समिति बैठकका निर्णय लेख्न पाँच नेतालाई जिम्मा
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकका निर्णयको मस्यौदा लेख्न पाँच नेतालाई जिम्मेवारी दिएको छ ।
मंगलबार साँझ सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, नेता रमेश लेखक, प्रवक्ता प्रकाशशरण महत र प्रचार विभाग प्रमुख मीन विश्वकर्मालाई जिम्मेवारी दिएको हो ।
साउन २ गतेदेखि जारी केन्द्रीय कार्यसमिति बैठक भोलि सकिँदैछ । बैठकमा उठेका प्रश्नको जवाफ दिएर भोलि ४ बजे बैठक समापन गर्ने तयारीमा रहेका सभापति देउवाले उनीहरूलाई निर्णय लेख्ने जिम्मेवारी दिएको एक नेताले रातोपाटीलाई बताए ।
ती नेताका अनुसार निर्णयको मस्यौदा तयार पार्ने जिम्मेवारी पाएका नेताहरूबीच बुधबार बिहान ११ बजे पार्टी कार्यालय सानेपा बैठक बस्ने छ । बैठकले महामन्त्री शर्माले पेस गरेका १० एजेन्डा र अर्का महामन्त्री थापाको कार्यतालिकामाथि निर्णय लिने उनको भनाइ छ ।
सभापति देउवाले नीति महाधिवेशन छठपछि गर्ने प्रस्ताव गरेको बुझिएको छ । सोही अनुसार निर्णय हुने सम्भावना रहेको ती नेताले बताए । महामन्त्री थापाको कार्यतालिका पनि संशोधन सहमति पारित हुने छ । गठबन्धन सरकारको स्थायित्व, जनजीविकाका मुद्दाबारे पनि बैठकले निर्णय लिने ती नेताले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगामा रियालको सहज जित
-
म्यान्चेस्टर युनाइटेडलाई बराबरीले लाग्यो घाटा
-
लिभरपुल विजयी, शीर्ष स्थानमा कब्जा कायमै
-
साढे एक लाख क्यूफिट सालको काठ त्यतिकै सड्दै, छैन सदुपयोग
-
१२ बजे, १२ समाचार : मधेस प्रदेशको सरकार फेर्न कांग्रेस-एमालेले कम्मर कसेकोदेखि सरकारकै कारण अधिकांश ठूला आयोजना निर्माणमा ढिलाइसम्म
-
पाठेघरको क्यान्सर पीडित आमाको उपचारका लागि सहयोगको याचना गर्दै अनिता