एनआरएनए जापानको महासचिवमा कमल बाँस्तोलाको दाबेदारी

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको राष्ट्रिय समन्वय परिषद्को निर्वाचन नजिकिँदै छ । निर्वाचनमा आकांक्षीहरूले उम्मेदवारी दिने घोषणा गरिरहेका छन् ।
यसैबीच कमल बाँस्तोलाले महासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । कास्कीमा जन्मिएर जापानलाई कर्मभूमि बनाई सक्रिय सामाजिक अभियनमा लागेका बाँस्तोलाले विद्यार्थी र श्रमिकहरूको प्रतिनिधित्व गर्दै एनआरएनए २०२३–०२५ का लागि महासचिव पदमा उम्मेदवारी दिएको बताए ।
उनी हाल एनआरएनए जापानको सदस्य, कास्की पोखरा समाज जापानको उपाध्यक्ष छन् । जापानको भाषागत स्किल, कम्प्युटर स्किल तथा जापान र नेपालको काम गर्ने अवस्था बुझेकाले आफूले महासचिवमा उम्मेदवारी दिएको उनले बताए ।
बाँस्तोलाले आफूले जापानमा अध्ययनरत नेपाली विधार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्न अग्रणी भूमिका निर्वाह गर्दै आएको बताए । टोकियोमा हुँदै आएको नेपाल फेस्टिभल २०२२ तथा २०२३ को आयोजनामा आफूले भूमिका निर्वाह गरेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१४ ओभरको खेलमा पञ्जाबले मार्यो वाजी, ५ विकेटले हार्यो बैंग्लुरु
-
सबै वडामा आफ्नै भवन बनाउने अभियानमा नेपालगञ्ज उपमहानगरपालिका
-
ला लिगा फुटबलमा इस्पानियोल विजयी
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्तादेखि गभर्नरमा गुणाकरलाई रोक्ने प्रयाससम्म
-
नेपाली समाज भारतको नवौँ राष्ट्रिय सम्मेलन सम्पन्न
-
बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन: आफ्नै गाउँ फर्किए