आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

बोटलर्स नेपालले जित्यो बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्टको लागि गोल्ड अवार्ड

मङ्गलबार, ०९ साउन २०८०, २० : १७
मङ्गलबार, ०९ साउन २०८०

काठमाडौँ । बोटलर्स नेपाल लिमिटेडलाई नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाद्वारा आयोजित एक कार्यक्रममा म्यान्युफ्याक्चरिङ सेक्टर क्याटेगोरी अन्तर्गत बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट २०२२ को लागि गोल्ड अवार्ड प्रदान गरिएको छ । 

आर्थिक वर्ष २०७८ र ७९ को वार्षिक हिसाबमा प्रस्तुत गरिएका आउट्स्ट्यान्डिङ प्रेजेन्टेसन, डिटेल्ड डिस्क्लोजर, र  ट्रान्स्पेरेन्सि अफ इन्फर्मेसनको   लागि बिएनएललाई यो अवार्ड प्रदान गरिएको हो ।

बोटलर्स नेपाल (तराई) लिमिटेडलाई २०२२ को लागी सोही श्रेणीमा आईक्यानद्वारा मेरिट अवार्ड पनि प्रदान गरिएको थियो। बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल तराई लिमिटेडले आफ्नो कर्पाेरेट गभर्नेन्स र कम्प्लायन्स माथि गर्व गर्दछ ।

उक्त पुरस्कार अर्थमन्त्री डा. प्रकाश शरण महतले बोटलर्स नेपाल लिमिटेडका फाइनान्स कन्ट्रोलर अशोक मण्डललाई प्रदान गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप