प्रभु साहलाई पक्राउ गर्न ६ दलको माग

जनकपुरधाम । आम जनता पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य प्रभु साहलाई पक्राउ गर्न विभिन्न ६ दलले माग गरेका छन् । अध्यक्ष साह गौर हत्याकाण्डमा संलग्न रहेको भन्दै जसपासहित ६ दलले जिल्ला प्रशासन कार्यालय रौतहटमा ज्ञापनपत्र बुझाएका हुन् ।
साहलाई पक्राउ गर्न दबाब दिने उद्देश्यले पूर्व प्रदेश सांसद रामसागर यादवको नेतृत्वमा २१ सदस्यीय समिति बनेको छ । उक्त समितिमा जसपा नेपाल, जनमत, लोसपा, नेकपा एकीकृत समाजवादी, माओवादी केन्द्र र नेपाली कांग्रेसका नेता कार्यकर्ता छन् ।
समितिले आज गौरमा अध्यक्ष साहविरुद्ध प्रदर्शन पनि गरेको छ । उनीहरुले हिन्दुवादी नेता काशीनाथ तिवारी, अन्तर्राष्ट्रिय कुस्ती खेलाडी उपेन्द्र दास बैरागी र शिक्षक सुनिल यादवको हत्यामा संलग्न रहेको भन्दै प्रभु साहलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाउन माग गरेका छन् ।
यसअघि साउन १ गते १७ वर्षअघि भएको गौर हत्याकाण्डमा संलग्नहरुलाई कारबाहीको माग गर्दै गौर हत्याकाण्ड संघर्ष समितिले रौतहटका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै सो हत्याकाण्डको फाइल खोल्न माग गरेका थिए ।
रुपसागर देवीको संयोजकत्वमा गठित समितिले २०६४ चैत ७ मा भएको गौर हत्याकाण्डका मुख्य दोषी जसपा अध्यक्ष उपेन्द्र यादव रहेको दाबी गर्दै दोषीहरूमाथि कारबाही गरेर न्याय दिन संघर्षका कार्यक्रम सार्वजनिक गरेको थियो ।
उनीहरुले साउन १४ सम्म माग पुरा नगरे साउन १५ बाट अनिश्चितकालीन रौतहट बन्द गर्ने चेतावनीसहित आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।
२०६३ चैत ७ गते तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादीबीच सदरमुकाम गौरमा झडप हुँदा माओवादीका २७ कार्यकर्ताले ज्यान गुमाएका थिए । मधेसी जनअधिकार फोरमले शान्तिपूर्ण कार्यक्रम गर्न लाग्दा माओवादीले बिथोलेर द्वन्द्व निम्त्याएको र फोरमको कार्यक्रम बिथोल्ने नेतृत्व प्रभु साहले गरेको गठबन्धनको ठहर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्षमताभन्दा बढी व्यक्ति ओहरदोहर गर्न थालेपछि झोलुङ्गे पुल जोखिममा
-
प्रतिनिधिसभा बैठक मंगलबारसम्म स्थगित
-
नेपाली चिया प्रमुख निर्यातजन्य बाली हो : मन्त्री अधिकारी
-
सप्तरी कारागारबाट कैदी फरार
-
कमल थापाले आयोजना गरेको विरोध सभामा राजेन्द्र लिङ्देन सहभागी
-
गभर्नर नियुक्ति मापदण्डसम्बन्धी रिट आज पनि हेर्न नभ्याइने