समाजवादी मोर्चाको आचारसंहिता : अप्राकृतिक गठबन्धन र साँठगाँठ गर्न नपाइने
_04VCWCZj03.jpg)
काठमाडौँ । चार दल सम्मिलित समाजवादी मोर्चाले १३ बुँदे आचारसंहिताको व्यवस्था गरेको छ । मोर्चाको कार्यविधिमा आचारसंहितको व्यवस्थासमेत गरिएको हो ।
मोर्चामा आबद्ध सबै पार्टीले पालना गर्नुपर्ने भन्दै जारी आचारसंहितामा घटक दलहरुले सामाजिक सञ्जाल, पत्रपत्रिका, टेलिभिजन, एफएमलगायत कुनै पनि सञ्चारमाध्यममा मोर्चाको नीतिविरुद्ध सार्वजनिक टिकाटिप्पणी गर्न नपाइने उल्लेख छ ।
संयुक्त कार्यक्रमहरूमा एउटा पार्टीले अर्कामाथि आरोप प्रत्यारोप गर्न नपाइने, मोर्चाको कार्यक्रममा मोर्चाकै निर्णय अनुरुप आफ्नो मन्तव्य राख्नुपर्ने पनि आचारसंहितामा उल्लेख छ ।
यस्तै, मोर्चाका घटक पार्टीहरुले आयोजना गर्ने कार्यक्रमहरूमा एक आपसमा मैत्रीपूर्ण सहयोग गर्नुपर्ने, एकले आयोजना गरेको कार्यक्रममा अर्कोले हस्तक्षेप गर्न नपाइने व्यवस्था पनि आचारसंहितामा गरिएको छ ।
यसैगरी पार्टीका साथीहरुले एक अर्काप्रति सम्मान, मित्रता र आदरपूर्वक व्यवहार गर्नुपर्ने, मोर्चाको मञ्चबाट आफ्नो पार्टीको नीतिको व्याख्या गरी अर्को पार्टीको नीतिको आलोचना गर्न नपाइने तर राज्यको गलत नीति र कार्यक्रमको विरोध र भण्डाफोर भने गर्न पाइने आचारसंहितामा उल्लेख छ ।
मोर्चाको अनुशासन, पद्धति र गोपनीयतालाई सबैले अनिवार्य रुपमा पालन गर्नुपर्ने व्यवस्था पनि आचारसंहितामा गरिएको छ । यस्तै, मोर्चाभित्र एकको विरुद्ध अर्को पार्टीहरु मिलेर गुटबन्दी गर्न तथा मोर्चाको उद्देश्य र समाजवादको ध्येय विपरीतका यथास्थितिवादी, दक्षिणपन्थी र प्रतिक्रियावादी पार्टीहरुसँग कुनै पनि रुपमा अप्राकृतिक गठबन्धन र साँठगाँठ गर्न पाइने छैन भन्ने प्रावधान आचारसंहितामा राखिएको छ ।
मोर्चाको अनुशासन, पद्धति र आचारसंहिताको पालना नगरेमा वा उल्लङ्घन गरेमा कुनै पनि घटकलाई संयोजन समितिले कारबाही गर्न सक्ने तर यसरी कारबाही गर्दा सुनुवाइको मौका दिनुपर्ने व्यवस्था आचारसंहितामा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालीनाली वन्यजन्तुको आहारा बन्न थालेपछि धान लगाउने खेतमा माछापालन
-
स्वास्थ्य स्वयंसेविकालाई साइकल उपहार
-
प्रतिनिधि सभा सदस्यको एक स्थान रिक्त भएको आधिकारिक जानकारी
-
धोनीले कप्तानी सम्हालेकै खेलमा चेन्नई ध्वस्त, कोलकातासँग ८ विकेटको हार
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईं र बडिगार्ड दीपक खड्कालाई थुनामा राख्न १२ दिनको अनुमतिदेखि बिनासर्त तत्काल रिहा गर्न मागसम्म
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?