समाजवादी मोर्चामा तीन तहको संगठनात्मक संरचना, कसरी हुन्छ गठन ?
_sYCYsbEe8u.jpg)
काठमाडौँ । चार दलीय समाजवादी मोर्चाको संगठनात्मक संरचना तीन तहको हुने भएको छ । मोर्चाको बैठकले कार्यविधि पारित गर्दै संघीय, प्रादेशिक र स्थानीय गरी तीन तहको संगठनात्मक संरचना हुने समझदारी भएको हो ।
कार्यविधिअनुसार संघीय तहमा केन्द्रीय संयोजन समिति रहने छ भने सो समितिमा पार्टीका अध्यक्षहरुसहित प्रत्येक पार्टीबाट बढीमा ५/५ जना रहने छन् ।
यस्तै केन्द्रीय संयोजन समितिको निर्णय कार्यान्वयनका लागि प्रत्येक पार्टीहरुबाट प्रतिनिधित्व हुनेगरी एक सचिवालय गठन गरिने छ ।
प्रादेशिक तहमा प्रदेश संयोजक समिति रहने र यो समितिमा प्रदेशका अध्यक्ष तथा प्रमुखहरुसहित प्रत्येक पार्टीहरुबाट बढीमा ४–४ जना रहने कार्यविधिमा उल्लेख छ । आवश्यकताअनुसार प्रदेशले सचिवालय पनि गठन गर्नसक्ने कार्यविधिमा उल्लेख छ ।
यसैगरी स्थानीय तहमा हाललाई जिल्ला संयोजन समिति रहने तय भएको छ । जसअनुसार समितिमा जिल्लाका अध्यक्ष तथा प्रमुखहरुसहित प्रत्येक पार्टीबाट ३/३ जना रहनेगरी समिति गठन गरिने । संयोजन समितिले पालिका तहसम्म संगठन विस्तार गर्न सकिने कार्यविधिमा उल्लेख छ ।
पार्टीहरुले मोर्चामा प्रतिनिधि पठाउँदा समावेशी प्रतिनिधित्व गराउने कुरामा ध्यान दिनुपर्ने र पार्टीका जनवर्गीय तथा मोर्चा संगठनहरुबीच पनि सहकार्यका लागि संयन्त्र निर्माण गर्ने कार्यविधिमा उल्लेख छ ।
यसैगरी कार्यविधिमा मोर्चामा आबद्धता र घटक दलहरूको स्वायत्तताबारे पनि स्पष्ट गरिएको छ । जसमा मोर्चाको सहमतिपत्रमा सहमति जनाई हस्ताक्षर गर्ने दलहरू समाजवादी मोर्चाको संस्थापक सदस्य हुने उल्लेख छ ।
यसैगरी मोर्चामा सामेल हुन चाहने अन्य समाजवादी तथा प्रगतिशील राजनीतिक पार्टीहरूलाई आपसी सहमतिका आधारमा केन्द्रीय संयोजन समितिले निर्णय गरी सामेल गर्न सक्ने उल्लेख छ ।
यसबाहेक मोर्चामा आबद्ध हुन चाहने पार्टीहरूले आफ्नो पार्टीको केन्द्रीय समिति, स्थायी समिति, कार्यकारिणी वा अधिकार प्राप्त कुनै केन्द्रीय निकायबाट निर्णय गरी आवेदन दिनुपर्ने कार्यविधिमा उल्लेख छ ।
कुनै घटक दल मोर्चाबाट अलग हुनु परेमा १५ दिनको अग्रिम सूचना दिनुपर्ने पनि कार्यविधिमा उल्लेख छ ।
यस्तै मोर्चाका घटकहरूले मोर्चाको नीति, कार्यक्रम र उद्देश्य विपरीत हुने गरी आफ्नो गतिविधि नगर्ने र तर आफ्नो अलग कार्यक्रममा पार्टी नीतिअनुरूप काम गर्न प्रत्येक पार्टी स्वतन्त्र हुने छुट भने दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतका केही भागहरूमा अत्यधिक गर्मीको चेतावनी
-
ट्रम्पको ट्यारिफको काउन्टर गर्न सक्छ नेपाल ?
-
बल्खुको प्रदर्शनलाई शान्तिपूर्ण बनाउने चुनौतीमा राप्रपा
-
सुनको मूल्य सामान्य घट्यो, चाँदीको स्थिर
-
उपमहासचिवपछि वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहले पनि छाडे प्रभु साहको साथ
-
एक रातमै सीमित भयो वैवाहिक जीवन, एकाबिहानै नववधूको मृत्यु