फिलिपिन्ससँग हार्यो आयोजक न्युजिल्यान्ड

काठमाडौँ । महिला विश्वकप फुटबल प्रतियोगिताको मंगलबार खेलिएको दोस्रो खेलमा फिलिपिन्सले सफलता हात पारेको छ । समूह ‘ए’ अन्तर्गतको उक्त खेलमा एसियाली राष्ट्र फिलिपिन्सले आयोजक न्युजिल्यान्डमाथि १—० गोलको रोमाञ्चक जित हासिल गर्यो ।
प्रतिस्पर्धात्मक खेलको २४औँ मिनेटमा फिलिपिन्सले निर्णायक गोल गरेको थियो । फिलिपिन्सका लागि सरिना बोल्डेनले गोल गरेकी थिइन् । जितसँगै दुई खेल खेलेको फिलिपिन्स तीन अङ्कसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
एक खेल खेलेको स्विट्जरल्यान्ड तीन अङ्कसहित तालिकाको पहिलो स्थानमा आसिन छ । आफ्नो पहिलो खेलमा स्विट्जरल्यान्डले फिलिपिन्सलाई २—० गोलले हराएको थियो । दुई खेल खेलेको न्युजिल्यान्ड भने तीन अङ्कसहित तेस्रो स्थानमा छ । न्युजिल्यान्डले प्रतियोगिताको उद्घाटन खेलमा नर्वेलाई १—० गोलले हराएको थियो । एक खेल खेलेको अङ्कविहीन नर्वे चौथो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : बालेनको जवाफी पत्र, कुलमान हटाउन ४ बुँदे थमाइयो
-
बिहेकै कारण भएको हो त तमन्ना विजयको ब्रेक–अप ?
-
हवाई आक्रमणको डरमा छन् ट्रम्प, बनाउँदैछन् आइरन डोमको ढाँचामा गोल्डेन डोम
-
ट्रम्पको धम्कीले पनि गरेन काम, हमासद्वारा चेतावनी ठाडै अस्वीकार
-
मध्यप्रदेशको कोइलाखानीमा भवनको छत खस्दा तीन मजदुरको मृत्यु
-
सुनगाभा सैनामैना गोल्ड कप : महावीर काठमाडौँ सेमिफाइनल प्रवेश