तीन दिने नेपाल भ्रमण सकेर स्वदेश फर्कियो चिनियाँ प्रतिनिधिमण्डल

काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य युआन च्याच्युन तीन दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किएको छ । श्रीलङ्का हुँदै नेपालमा तीन दिन बिताएको प्रतिनिधिमण्डलले उच्चस्तरीय भेटवार्ता गरेको थियो ।
माओवादी केन्द्रको निमन्त्रणमा नेपालका आएको चिनियाँ टोली स्वदेश फर्किएको पार्टी केन्द्रीय सदस्य डिलाराम आचार्यले बताए । ‘चिनियाँ प्रतिनिधि हाम्रो पार्टीको निमन्त्रणमा नेपाल भ्रमणमा आउनु भएको हो । आजै उहाँहरू स्वदेश फर्किनुभएको छ’ आचार्यले भने ।
आइतबार नेपाल आएको चिनियाँ प्रतिनिधिले राष्ट्रपति रामचन्द्र पौडेललाई भेट गरेका थिए । इटालीको रोममा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भर्चूअल मार्फत आइतबारै नेता युयान च्याच्युनले संवाद गरेका थिए । आइतबार राती माओवादी केन्द्रका पदाधिकारीसँग उनले डिनर मिटिङ गरेका थिए ।
सोमबार काँग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का, सभामुख देवराज घिमिरे लगायतसँग संवाद गरेको प्रतिनिधिमण्डलले मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर स्वदेश फर्किएको हो ।
प्रतिनिधिमण्डलले यसअघि राष्ट्रपति सी जीनपिङ नेपाल भ्रमणमा आउँदा भएका समझदारीका विषयमा विशेष चासो राखेको बुझिाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेशम चौधरीबारे फैसला कार्यान्वयनको पत्र, ‘कैदमा राख्नु सिधा खर्च दिनु’
-
पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्न फोटो यात्रा
-
पसलमा नक्कली नोट दिँदा प्रहरीको फन्दामा
-
सोती घटनामा संलग्नलाई सफाइ दिने न्यायाधीशलाई बर्खास्त गर्न माग गर्दै प्रदर्शन (तस्बिरहरू)
-
परेवा उडाएर ‘बिगुल’ को शुभ–मुहूर्त
-
६ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिह्नद्वारा सुशोभित