देशको राजनीतिक अवस्था खराब छ: विजयकुमार गच्छदार

काठमाडौँ । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले नेपालको राजनीति अनिश्चितताको भुमरीमा फसेको बताएका छन् ।
मङ्गलवार काठमाडौँमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै उनले नेपालको राजनीति अन्योलपूर्ण, तरलता, अस्थिरता र अनिश्चिततामा फसेको बताए । उनले नेपाली काँग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने पनि बताए । गच्छदारले पार्टी सभापति विमानको पाइलट भए अन्य पदाधिकारी सहायक पाइलट रहेको भन्दै सबै मिलेर काम गर्नुपर्ने अवस्था आएको बताए ।
उनले भने, ‘केन्द्रीय कार्यसमितिको बैठक ६ दिनसम्म लगातार चल्यो, हिजो बोल्ने क्रम सकिएको छ, भोलि निर्णय सार्वजनिक हुँदै छ, बैठकको प्रत्यक्ष प्रसारण भयो, ऐतिहासिक मानिएको छ । बैठक महत्त्वपूर्ण भएको छ । समय अभावका कारण नेताहरूले आफ्ना सबै भनाइहरू राख्न पाएनन् । ७ मिनेटमा बोल्न धेरै गाह्रो थियो । नेपालको राजनीति अन्योलपूर्ण भएको छ, अनिश्चितताको भुमरीमा फसेको छ । नेपालको राजनीति तरल अवस्थामा छ, अस्थिरताको दलदलमा परेको छ । नेपाली काँग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुन्छ । नेपाली काँग्रेसको पाइलट सभापति हो, अरू पदाधिकारी, सदस्य सभापतिको सहयोगी हुन्, को पाइलट हुन् । गुट, उपगुटमा नेपाली काँग्रेस नेपाली काँग्रेस नराम्रोसँग फसेको छ । देशको राजनीतिको अवस्था खराब छ ।’
नेता गच्छदारले देशको राजनीतिक अवस्था खराब रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश
-
आईपीएल : मुम्बईको पुनरागमन, लगातार दोस्रो जित
-
लामखुट्टे धपाउन बालेको घुरले आगलागी, पाँच परिवारको विचल्ली
-
हिलो र चिप्लोका कारण दाउन्नेमा यातायात अवरुद्ध
-
एकता महाधिवेशनबाट नेतृत्वका लागि तयार छु : विनोद कुँवर
-
चुनकुमारी हत्या प्रकरण : ६ जना पक्राउ