बुटवल-तानसेन सडक अवरुद्ध
मङ्गलबार, ०९ साउन २०८०, १२ : ०९

बुटवल । अविरल वर्षाका कारण सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल -पाल्पा सडक खण्ड अवरुद्ध भएको छ । वर्षापछि ठाउँ ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको राजमार्ग ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
तिनाउ गाउँपालिका–३ को सिद्ध बाबा खण्डअन्तर्गत हेडवर्क्समा ठुलो पहिरो खसेको छ । ढुङ्गासहितको पहिरो खसेको र निरन्तर वर्षाले सफा गर्न समस्या भएको प्रहरीको भनाइ छ ।
सिद्धबाबा क्षेत्रमा सडक अवरुद्ध भएपछि तराईबाट पहाडी जिल्लामा चल्ने सवारी साधन बुटवलमै रोकिएका छन् ।
यस्तै कपिलवस्तु गोरुसिंहदेखि अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क जाने गोरुसिङ्गे सन्धिखर्क सडक पनि अवरुद्ध भएको छ । अर्घाखाँचीको सितगंगा नगरपालिका–२ भुवन पाटामा पहिरो जाँदा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कक्षा १२ को परीक्षाबारे निर्णय गर्न आज बोर्ड बैठक बस्ने
-
वडा सदस्य महतोको लोभलाग्दो मेवाखेती
-
समस्याग्रस्त सहकारीको व्यवस्थापन गर्न बनेको समिति नै समस्यामा
-
अमेरिकामा पनि भव्यताका साथ मनाइयो बिस्का जात्रा (तस्बिरहरू)
-
लोकमार्गसँग जोड्ने लक्ष्मीमार्ग धमाधम कालोपत्र
-
गण्डकीका योजनामा व्यक्तिस्वार्थ चर्को, छुट्याउन सरकारलाई सकस