इतिहासकै ठुलो प्रदर्शनबीच इजरायलमा सर्वोच्चको अधिकार कटौती गर्ने विधेयक पारित

जेरुसेलम । व्यापक विरोध प्रदर्शनकाबीच इजरायलमा न्याय व्यवस्थामा सुधारसम्बन्धी विधेयक सांसदहरूले पारित गरेका छन् । विपक्षी दलले भने मतदानलाई बहिस्कार गरेका थिए । संसद्मा मतदान हुन अघि देशभर यस विधेयकको विरोधमा ठुला प्रदर्शनहरू भएका थिए ।
सोमबार मतदानअघि विधेयकमाथि सहमति बनाउन गरिएको वार्ता विफल भएको थियो ।नयाँ कानुनमा सर्वोच्च अदालतबाट सरकारका ‘न्यायसङ्गत नभएका’ फैसलाहरू उल्टाउने शक्ति फिर्ता लिइएको छ । नयाँ कानुनको मद्दतले न्याय व्यवस्थामा यस्ता कयौँ परिवर्तनहरू गरिएका छन् ।
यस परिवर्तनको विरोधमा इजरायलमा इतिहासकै सबैभन्दा जोडदार विरोध प्रदर्शनहरू भएका थिए । जेरुसेलममा संसद् भवनबाहिर विरोध प्रदर्शन गरिरहेकाहरूलाई नियन्त्रण गर्नका लागि प्रहरीले पानीको फोहरा प्रहार गरेको थियो ।
विपक्षीहरूले यो विधेयकले इजरायलको लोकतन्त्र नै खतरामा पर्ने चेतावनी दिएका छन् । यता सरकारले भने यस विधेयकले शक्तिको असन्तुलन हट्ने दाबी गरेको छ । अदालतले राजनीतिक निर्णयहरूमा अनावश्यक हस्तक्षेप बढाइरहेको सरकारको जिकिर छ । –बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्वहरूले राष्ट्रिय भावनाको जगेर्ना गर्न सहयोग पुर्याएका छन् : सभापति देउवा
-
‘महाशिवरात्रि पर्वले नेपालीबिच आपसी सद्भाव बलियो बनाउँछः सभामुख घिमिरे
-
आज यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
-
अमेरिका र युक्रेन खनिज सम्झौताका लागि सहमत, ट्रम्पले जेलेन्स्कीलाई किन बोलाए वाशिंटन ?
-
पाशुपत क्षेत्र नेपालमा रहनु समस्त हिन्दूका लागि गौरवको विषय : राष्ट्रपति पौडेल
-
महाशिवरात्रिको दिन आज कसलाई कति लाभ ? हेरौँ राशिफल