एरीको ह्याट्रिकमा ब्राजिलको सहज जीत
मङ्गलबार, ०९ साउन २०८०, ०९ : १०
एडिलेड । एरी बोर्जेसले सन् २०२३ को फिफा महिला विश्वकपमा पहिलो ह्याट्रिक गर्दा ब्राजिलले पानामाविरुद्ध सहज जीत हासिल गरेको छ । समूह एफ अन्तरगतको खेलमा ब्राजिल ४–० गोलले विजयी बनेको हो ।
ब्राजिलियन विंगरले पहिलो हाफमा दुई गोल गरेकी थिइन् । दोस्रो हाफको सुरुवातमा उनले बिया जानेराटोलाई गोलको अवसर सिर्जना गरिन् । खेलको ७० औँ मिनेटमा गोल गर्दै उनले आफ्नो ह्याट्रिक पूरा गरिन् ।
योसँगै ब्राजिलले ९ वटा विश्वकपको सुरुवाती खेल जित्ने आफ्नो रेकर्डलाई कायम राख्न सफल भएको छ । जीतसँगै समूह ब्राजिल समूह एफको शीर्ष स्थानमा पुगेको छ । यसअघि फ्रान्स जमैकासँग बराबरीमा रोकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : रविबारे अलमलदेखि सुन किन्नेको भिडसम्म
-
भ्रष्टाचारी उम्कन पाउँदैनन् : मन्त्री गुरुङ
-
प्रधानमन्त्री ओली र विप्लवबिच के भयो कुराकानी ?
-
खेलाडीहरू माथि खेलबाड गर्न हुँदैन : मन्त्री महर्जन
-
एजुकेशन प्लानेटलाई दक्षिण एसियाका लागि प्रतिष्ठित ‘टप अफ द टावर’ अवार्ड
-
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते