यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य
![यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य](https://rpcdn.ratopati.com/media/albums/tarkari-falful2020-03-26-09-23-19_1600x700_50_5W9kx7RJFa.webp)
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य १००, टनेल गोलभेडा सानो ५८,भारतीय प्याज सुकेको प्रतिकेजी मूल्य ४८, घिउ सिमी लोकल ३०, कुरीलो प्रतिकेजी २५०, काउली स्थानिय प्रतिकेजी ६० रुपैयाँ , आलु रातो ४८, भारतीय आलु रातो ३५, लौका ५० कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३०० रुपैयाँ, गाँजर ११०, बन्दा लोकल १२ , मूला रातो ३०, भन्टा लाम्चो ३०, मकै बोडी ५०, टाटे सिमी ८०, ब्रोकाउली ८०, कागती १५० रुपैयाँ, भिण्डी रू ३५, न्यूरो ५० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ७० रुपैयाँ ,लोकल काक्रो ५०, गुन्दुक २५०, अदुवा प्रतिकेजी २७० रहेको समितिले जनाएको छ ।
समितिका अनुसार केरा दर्जन १५०, अनार ३५० रुपैयाँ, नासपाती ६०, आभोकाडो ५०० रुपैयाँ, हरियो अंगुर ४५०, किवि ८००, हरियो खुर्सानी अकबरे २५० रुपैयाँ,रहु माछा ३१०, छडी माछा २४०, ताजा माछा९मुंगरी० ३२० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
यस्तै, मालदह आँप १५०, हरियो धनिया ८०,लसुन हरियो ७०, खु्र्सानी सुकेको ४५०,नेपाली लसुन २१०, चाइनिज लसुन २७०,रुख कटहर ४०, भेडे खु्र्सानी ८० मा कारोबार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मन बुण्डेस लिगामा शीर्ष क्लबलाई धक्का
-
इटालियन सिरी’एमा एटलान्टाको फराकिलो जित, रेटेगुई एक्लैले गरे ४ गोल
-
खानेपानी मन्त्रालय आगलागी : ‘महत्त्वपूर्ण कागजातमा क्षति भएको छैन’
-
सल्यानको श्रीनगर महोत्सव आयोजनास्थलमा आगलागी
-
रातोपाटी ब्रिफिङ : दिल्लीमा केजरीवालको हारदेखि सिंहदरबारमा मन्त्रीको कार्यकक्षमा आगलागीसम्म
-
पारिवारिक वातावरण पाइने ग्रीनभ्याली, रिफ्रेसदेखि पिकनिकसम्म