आज देशका यी नदीमा बाढीको जोखिम, तिनाउ नदीले खतराको तह पार गर्यो
![आज देशका यी नदीमा बाढीको जोखिम, तिनाउ नदीले खतराको तह पार गर्यो](https://npcdn.ratopati.com/media/news/tinahu_Y1vQmXsZ93.jpg)
काठमाडौँ । पछिल्लो तीन घण्टायता मकवानपुर, चितवन, तनहुँ, नवलपरासी, पाल्पा, रुपन्देही, कपिलवस्तु, दाङ, प्युठान, बर्दिया, कैलाली र आसपासका क्षेत्रमा भारी वर्षा भएको छ ।
उक्त जिल्लाका साना खहरे खोलामा आकस्मिक बाढी र कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । राजमार्ग अवरुद्ध हुन सक्ने सम्भावना रहेकाले यात्रा गर्दा सतर्कता अपनाउन पनि महाशाखाले सचेत गराएको छ ।
यसैबीच, तिनाउ नदी बाढी मापन केन्द्र बुटबलमा जलसतह खतराको तहभन्दा निकै माथि पुगेको छ । तिनाउ नदीका तटीय क्षेत्र र आसपास डुबान हुनसक्ने होचा स्थानमा हुनेहरू दिउँसो १२ बजेसम्म सुरक्षित स्थानमा जान महाशाखाले अनुरोध गरेको छ ।
हाल दाङको बागासोती, लालमाटिया, घोराही, शुक्रबारे, भालुबाङ, लमही, रातामाटा र प्युठानको बिजुवार, मारीखोला, हंसपुर र आसपास धेरै स्थानमा भारी वर्षा भएको भएको छ । राप्ती र बबईको साना नदी, दाङ र प्युठानको खहरे खोलामा एक्कासि बाढी आउनसक्ने भएकाले सतर्क रहन महाशाखाले भनेको छ ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरू चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
आज दिउँसो कोशी, मधेस, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेकोले यस क्षेत्रमा पनि विशेष सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्लोबल आईएमई बैंक बन्यो नास आईटीको दिगो साझेदार
-
नेपाली कला र संस्कृति प्रवर्द्धन गर्न क्यानाडामा ‘नेपाल फेस्टिभल २०२४’ हुँदै
-
पारा तथा विशेष खेलकुद : अकल र जेनिशालाई स्वर्ण
-
गृहमन्त्री निलम्बन विवाद : न्यायाधीश सुवेदीको तर्क गृहमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्छ
-
नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान
-
गृहमन्त्री निलम्बन विवाद : न्यायाधीश मल्ल उभिइन् राजीनामा स्वेच्छा र महान्यायाधिवक्ता पत्रको पक्षमा