जब त्रिविको परीक्षामा ६ वटा प्रश्न भारतसँग सम्बन्धित सोधियो

काठमाडौँ । सोमबार मानविकी संकाय अन्तर्गत तेस्रो वर्षको ऐच्छिक विषय इतिहास अन्तर्गत इन्टरडक्सन टु टुरिज्म डेभलपमेन्ट विषयको परीक्षा थियो ।जुन विषयको प्रश्नपत्रमा ९ वटा प्रश्न थियो ।
तीमध्ये ६ वटा प्रश्न भारतसँग सम्बन्धित थिए । प्रश्नपत्र हातमा परेपछि विद्यार्थीहरु अचम्ममा परे । र विद्यार्थीहरुले सेलेबसभन्दा बाहिरको प्रश्नपत्र आएको भन्दै परीक्षा हलभित्रै विरोध जनाउन थाले ।
प्रश्नपत्रमा ६ वटा प्रश्न भारतसँग सम्बन्धित रहेको र यी कुनै पनि प्रश्न पाठ्यक्रममा नरहेको विद्यार्थीले अडान कायम राखे । विद्यार्थीले परीक्षा नदिने अडान लिएका थिए । त्यसपछि त्रिवि परीक्षा नियन्त्रण कार्यालयले अर्को प्रश्नपत्र पठाएपछि विद्यार्थीले परीक्षा दिए ।
विद्यार्थीले पाठ्यक्रम भन्दा बाहिरको प्रश्न सोधिएको भन्दै परीक्षा नदिने अडान लिएपछि पनिकाले प्रश्नपत्र परिवर्तन गरेको हो । प्रश्नपत्र पाठ्यक्रम बाहिरबाट सोधिएको भन्दै विद्यार्थीले विरोध गरेपछि दोस्रो प्रश्नपत्र दिएर परीक्षा सञ्चालन गरेको हो ।
नेपालको इतिहास र पर्यटनको विषयमा पढ्नुपर्नेमा भारतसँग सम्बन्धित प्रश्न गरिएपछि विद्यार्थीहरुले परीक्षा नदिने अडान लिएका थिए । प्रश्नपत्र पाठ्यक्रमभन्दा बाहिर आएको देखिएपछि क्याम्पसहरुले परीक्षा नियन्त्रण कार्यालयमा सम्पर्क गरेका थिए । त्यसपछि कार्यालयले ५० मिनेटपछि अर्को प्रश्नपत्र पठाएको थियो ।
परीक्षा नियन्त्रण कार्यालयका सह–परीक्षा नियन्त्रक सुरेशजंग शाहीले पाठ्यक्रमभन्दा बाहिरको प्रश्न नआएको बताए । इतिहासको दायरा फरक हुने भएकाले जहाँबाट पनि सोध्न सकिने उनले बताए । विद्यार्थीले परीक्षा नै नदिने अडान लिएपछि अर्को प्रश्नपत्र पठाउनुपरेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजावादीको समर्थनमा निकालेको विज्ञप्तिबाट ‘ब्याक’ हुँदै ‘प्रबुद्ध’हरू
-
छत्तीसगढमा भारतीय सुरक्षा बलसँगको भिडन्तमा कम्तीमा १६ माओवादीको मृत्यु
-
पाटनमा एउटामात्र घोडा कुदाएर मनाइयो घोडेजात्रा
-
सबै दलहरुले आफूलाई सुधार गर्दै परिवर्तनका बाँकी काम पूरा गर्नुपर्छ : जनार्दन शर्मा
-
रजनीमिलाका तीन कविता
-
कथावाचनका क्रममा भावुक भए धीरेन्द्र शास्त्रीः रुँदै भने- मैलेजस्तो पीडा कसैले भोग्नु नपरोस्