२०० एमपीको क्यामरा भएको रियलमी ११ प्रो सिरिज नेपालमा सार्वजनिक

काठमाडौँ । रियलमी ११ प्रो सिरिज ५जी नेपाली बजारमा उपलब्ध भएको छ । रियलमी ११ प्रो ५जी र रियलमी ११ प्रो प्लस ५जी गरी दुई भेरीयन्टहरु नेपाली बजारमा सार्वजनिक गरिएको हो ।
कार्यक्रममा बोल्दै रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले भने, ‘नयाँ रियलमी ११ प्रो प्लस ५जी को डिजाइन र क्यामरामा व्यापक अपग्रेड गरिएको छ जसले गर्दा यो फोटोग्राफर, गेमर लगायत स्टाइलिस स्मार्टफोन बोक्न रुचाउने जो सुकैको लागि पहिलो रोजाइ बन्नेछ भन्नेमा हामी विश्वस्त छौँ । साथै अहिलेसम्म हामीलाई यसरी नयाँ–नयाँ अपग्रेड सहित रियलमी फोनहरू बजारमा ल्याइरहन प्रेरित गर्नुहुने समस्त नेपाली उपभोक्ताहरू प्रति हार्दिक आभार पनि प्रकट गर्दछौँ ।’
रियलमी ११ प्रो प्लस ५ जी १२/२५६ जीबी स्टोरेज भेरियन्टको मूल्य रु ६१,९९९ रहेको छ । रियलमी ११ प्रो प्लस ५ जी दुईवटा कलर अप्सनहरूमा उपलब्ध छ : सनराइज बेज र ओएसिस ग्रीन । त्यस्तै रियलमी ११ प्रो ५ जी ८/२५६ जीबी स्टोरेज भेरियन्टको मूल्य रु ४७,९९९ रहेको छ । रियलमी ११ प्रो ५ जी दुईवटा कलर अप्सनहरूमा उपलब्ध छ : सनराइज बेज र एस्ट्रल ब्ल्याक ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपाको ७६ औँ वर्षगाँठ : विशेष कार्यक्रम गर्दै एमाले
-
लामो समय विद्यालय बन्द हुँदा विद्यार्थी कुलतमा
-
कक्षा १२ को परीक्षाबारे निर्णय गर्न आज बोर्ड बैठक बस्ने
-
वडा सदस्य महतोको लोभलाग्दो मेवाखेती
-
समस्याग्रस्त सहकारीको व्यवस्थापन गर्न बनेको समिति नै समस्यामा
-
अमेरिकामा पनि भव्यताका साथ मनाइयो बिस्का जात्रा (तस्बिरहरू)