मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

एएफसी कप क्वालिफायर्सअन्तर्गत प्रारम्भिक चरणका लागि मच्छिन्द्रको तयारी सुरु

सोमबार, ०८ साउन २०८०, १९ : ५९
सोमबार, ०८ साउन २०८०

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन क्लब मच्छिन्द्रले एएफसी कप क्वालिफायर्सअन्तर्गत प्रारम्भिक चरणको खेलका लागि तयारी सुरु गरेको छ ।  

मच्छिन्द्रले नेपालको लिग च्याम्पियनको हैसियतमा एएफसी कप क्वालिफायर्सअन्तर्गत प्रारम्भिक चरणको खेलमा भुटानको लिग च्याम्पियन पारो एएफसीसँग खेल्दैछ । उक्त खेल दशरथ रंगशालामा आगामी साउन २३ गते सुरु हुँदैछ । सोही खेलका लागि मच्छिन्द्र फुटबल क्लवले तयारी थालेको हो । 

सोमबार दशरथ रंगशालामा एक कार्यक्रम आयोजना गर्दै क्लबले उक्त छनोट खेलका लागि अभ्यास सुरु गरेको जनाएको छ । 

क्लबका अध्यक्ष सुनिल कपालीले ललितपुरस्थित चर्च ब्वाइजको खेल मैदान र एन्फा कम्प्लेक्सको मैदानमा खेलाडीहरूले अभ्यास थालेको जानकारी दिए ।

मच्छिन्द्रको छनोट खेलमा २३ खेलाडी समावेश छन् । यीमध्ये ९ जना गत लिगमा विभिन्न क्लबबाट उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई मच्छिन्द्रले एएफसी कप क्वालिफायर्सको यात्राका लागि अनुबन्धित गरेको छ । उनीहरूलाई एएफसी कप क्वालिफायर्सको यात्रा जारी रहँदा सम्मका अनुबन्धित गरिएको क्लबका महासचिव अनिल श्रेष्ठ बताए । गत वर्ष डेब्यु सिजनमा नै चर्च ब्वाइज क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन भएको थियो । यद्यपि, एएफसी क्लव लाइसेन्स नभएका कारण दोस्रो स्थानमा रहेको मच्छिन्द्रले एएफसी कप क्वालिफायर्स खेल्न पाएको हो ।

मच्छिन्द्रले गत सिजन पनि एएफसी कप क्वालिफायर्सकको प्रारम्भिक चरणको खेल खेलेको थियो । यद्यपि, घरेलु मैदानमा भएको उक्त खेलमा श्रीलंकाको ब्लु स्टारसँग २–० ले पराजित भएपछि मच्छिन्द्रको यात्रा अगाडि बढ्न सकेन । यस पटक भने मच्छिन्द्रले पहिलो चरणको खेल जित्ने लक्ष्यका साथ लिगका चर्चित विदेशी खेलाडी र राष्ट्रिय टोलीका खेलाडीलाई केही समयका लागि भित्राएको छ । तीमध्ये मेसुके ओलामोउ, लाकेन लिम्बू, सनिष श्रेष्ठ र आयुष घलान हुन् । यो खेल जितेमा मच्छिन्द्रले साउथ जोनको दोस्रो चरणमा भारतको मोहन बगानसँग खेल्नेछ ।

मच्छिन्द्रले यो खेल पनि जिते प्लेअफ राउण्डमा बंगलादेशको ढाका अबाहानी र माल्दिभ्सको क्लब इगल्सबीचको विजेतासँग खेल्न पाउनेछ । मच्छिन्द्रले क्वालिफायर्सअन्तर्गत प्रारम्भिक चरणको खेलका किशोर केसीलाई नै प्रशिक्षणमा निरन्तरता दिएको जनाएको छ । तत्कालीन प्रशिक्षक प्रवेश कटुवालले राष्ट्रिय टोलीमा जिम्मेवारी पाएपछि केसी मच्छिन्द्रको प्रशिक्षणमा भित्रिएका थिए । मच्छिन्द्रले पारो एफसीसँगको खेलका लागि भिआइपीतर्पm पाँच सय र साधारणतर्फm दुई सय रुपैयाँ टिकटको मूल्य निर्धारण गरेको छ । त्यसका लागि क्लबले सोमबार नै पत्रकार सम्मेलनका अवसरमा टिकेटिङ पार्टनर माउण्ट एभरेस्ट स्पोटर््ससँग सम्झौता गरेको छ । क्लबका अध्यक्ष सुनिल कपाली र माउण्ट एभरेस्ट स्पोटर््सका सिइओ थमन भुसालले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप