गगन थापाले भने– म मौन व्रत बस्दैमा सबै समस्या हल हुँदैन
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूले बोल्न बन्द गरेर पार्टीको समस्या हल नहुने बताएका छन् । पार्टी केन्द्रीय समितिको बैठकमा उठेको प्रश्नको जवाफ दिँदै उनले सो कुरा बताएका हुन् ।
उनले भने, ‘बाहिर जे–जे कुरा आएका छन् त्यो सबै प्रायोजित छन् । पार्टीगत रूपमा एउटा समस्या छ । महामन्त्री अलि बढी बोल्छ । त्यसले बोल्न बन्द गरेर मौन व्रत राख्यो भने पार्टीको सबै समस्या हल हुन्छ ।’
उनले महामन्त्री मौन बस्यो भने ठिक हुन्छ भन्ने कुराले पार्टी दुर्घटनामा पर्ने पनि बताए । ‘मलाई के लाग्छ सभापतिज्यू । मलाई के लाग्छ भने यसले हामीलाई दुर्घटनातिर लान्छ,’ उनी भन्छन्, ‘यो अहिलेको समय न आत्मनिन्दा गर्ने बेला हो न सक्यो सक्यो भनेर सबै ठिक छ भन्ने बेलामा हो । यो बेलामा हामी सम्हालिनुपर्छ ।’
थापाले आफूहरू फुटबल हारेको टिम जस्तै भएको बताए । उनले भने, ‘हामी फुटबल हारेको टिम जस्तो भएका छौँ । यस्तो किन भयो ? बुझ्नुपर्छ ।’ उनले आफूले प्रस्तुत गरेको एजेन्डामा लाञ्छना लागेको बताए । थापाले बाहिर जाँदा समस्या देखिने बताए ।
‘पछिल्ला दिनमा महसुस गरेको कुराले आत्तिएको छु । जे बाहिर गयो खुसी छ, जो बाहिर गएन उ दुःखी छ । गाउँको किसानदेखि ठुलो उद्यम गरेकाहरू शिक्षक कोही पनि खुसी छैन,’ थापाले भने । भोलि राम्रो हुने बारेमा कतै विश्वास भएको भन्दै निराशा डरलाग्दो रहेको बताए ।
‘होप नै मरेको देख्छु । भोलि राम्रो हुने बारेमा कतै विश्वास नै छैन । निराशा डरलाग्दो हुन्छ र यसको व्यापार डरलाग्दो हुन्छ । यसको व्यापार गर्ने हाम्रो वरिपरि छन् ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सञ्जालबाट यौन दुर्व्यवहार गर्ने इन्ड्राइभ राइडर पक्राउ
-
बैतडीमा आगलागीबाट सात लाख बढीको क्षति
-
कञ्चनपुरमा प्रहरी जवानले आफैँलाई गोली हाने, अवस्था गम्भीर
-
सन्दीपको हर्नियाको शल्यक्रिया गरियो
-
मन्त्री यादव र एडीबीका नेपाल प्रतिनिधिबिच छलफल
-
१० बजे १० समाचार : ‘होल्ड’ मा परे वामदेव र पासाङ, रविलाई राहत