मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

सरकारलाई भ्रष्टाचारको फाइल खोल्ने तागत कांग्रेसले दिएको हो : महामन्त्री शर्मा

सोमबार, ०८ साउन २०८०, १७ : ३१
सोमबार, ०८ साउन २०८०

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारलाई भ्रष्टाचारको फाइल खोल्ने तागत कांग्रेसले दिएको बताएका छन् । केन्द्रीय कार्यसमिति बैठकमा उनले भने, ‘भ्रष्टाचारको फाइल खोल्दै गर्दाको तागतको पछाडि को छ ? नेपाली कांग्रेस छ। सरकारले फाइल खोल्दै गर्दा तागत दिने काम सशक्तिकरण गर्ने काम हामीले गरेका हौँ ।’

कानुन कांग्रेसका नेतालाई नलाग्ने भन्ने नहुने भन्दै भ्रष्टाचारको फाइल खोल्दा कांग्रेसकै नेता पनि परेको शर्माको भनाइ छ।  ‘नेताहरू पर्नु भयो होला । कानुन बनाउँदा कांग्रेसका नेतालाई नलाग्ने भन्ने त हुँदैन। 

हामीले बनाएको कानुनमा हाम्रै नेताहरू पर्नुभयो भने हामीले कानुन कमजोर बनाउन खोजेनौँ। अहिले अरू दलले निलम्बन गर्यो । गरेन भन्नेमात्रै होइन,’ उनले भने । कांग्रेसले गरेको कर्म जनतामाझ बुझाउनुपर्ने महामन्त्री शर्माले बताए ।

‘आलोचनाका विषय थुप्रै आएका छन्। महामन्त्रीमध्ये एक दुई जेठो भएकोले मैले भन्नैपर्छ। सभापतिलाई गाली गरेर भन्ने शब्दावली आएको छ। गाली र आलोचनाको पृष्ठभूमी बुझ्नुपर्छ।’

आलोचना र गालीको बीचमा फरक हुने उनको भनाइ छ । ‘यो कांग्रेस पार्टी हो । यो कुनै कम्युनिस्ट पार्टी होइन। प्रतिपर्धी दलमा के भयो ? प्रतिस्पर्धीलाई मत नदिनू भनेर लिस्ट बाँडियो,’ उनले भने, ‘महामन्त्री बनाइएको हो कमजोरीलाई सच्याएर केलाएर जानका लागि हो। केन्द्रीय सदस्यको मनोनयन गरौँ भन्दा साथीहरू गाली गर्नुहुन्छ । सभापति केही भन्नुहुन्न।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप