चोभार बन्दरगाह निजी क्षेत्रलाई दिन बोलपत्र आह्वान
![चोभार बन्दरगाह निजी क्षेत्रलाई दिन बोलपत्र आह्वान](https://npcdn.ratopati.com/media/news/image_BQouY3g8Z8.png)
काठमाडौँ । इन्टरमोडल यातायात विकास समितिले डेढ अर्ब रुपैयाँको ऋण लागतमा बनेको चोभार सुख्खा बन्दरगाह सञ्चालनको ठेक्का आह्वान गरेको छ । विश्व बैंकको ऋणमा बनेको चोभार बन्दरगाह निजी क्षेत्रलाई चलाउन दिने लक्ष्यसहित इन्टरमोडलले अन्तर्राष्ट्रियस्तरको बोलपत्र आह्वान गरेको हो ।
बोलपत्र आह्वानबाट बन्दरगाह सञ्चालनका लागि छनोट हुने कम्पनीले आगामी पाँच वर्ष बन्दरगाह सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी पाउनेछ । बोलपत्रको अवधि ४५ दिनको रहेको र बोलपत्र बुझाउने अन्तिम मिति २०८० भर्दौ २२ सम्म रहेको छ ।
बोलपत्रमा भाग लिनको लागि आवश्यक योग्यता पोर्ट मेनेजमेन्ट/कन्टेनर फ्रेट स्टेसन मेनेजमेन्ट/फ्रेट टर्मिनल मेनेजमेन्ट/वेयरहाउस/ट्रान्सपोर्टेशन/क्लियरिङ्ग एन्ड फरवार्डिङ्ग/फ्रेट फरवार्डिङ्गमा कम्तीमा ५ वर्षको अनुभव हुनु पर्ने छ । साथै, विगत ३ वर्षको औसत वित्तीय कारोबार कम्तीमा ६० लाख रुपैयाँ बराबरको हुनु पर्ने प्रावधान राखिएको छ ।
समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले चोभार सुख्खा बन्दरगाह सञ्चालनको जिम्मेवारी निजी क्षेत्रलाई दिने लक्ष्यसहित बोलपत्र आह्वान भएको बताए । इन्टरमोडलले हालसम्म तातोपानी, वीरगन्ज, विराटनगर, भैरहवा, काँकडभिट्टा बन्दरगाह निजी क्षेत्रलाई दिइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डेनमार्क बन्यो विश्वकै कम भ्रष्टाचार हुने देश (सूचीसहित)
-
सुडान बन्यो विश्वकै भ्रष्टाचार हुने देश, नेपाल १०७ औँ स्थानमा
-
माओवादीको प्राथमिकतामा परेन एकता वार्ता समिति
-
जनक शिक्षा सामाग्री केन्द्रको प्रबन्ध सञ्चालकका लागि दरखास्त आह्वान
-
सन्तान सम्बन्धको आँसु !
-
एनआईसी एशिया लघुवित्तको साढे चार लाख कित्ता शेयर रूपान्तरण हुँदै