जया बच्चनले भनिन्, ‘मणिपुरबारे विश्वभरि कुरा भइरहेको छ, भारतमा मात्रै छैन’

भारतको राज्यसभा सांसद तथा दिग्गज अभिनेत्री जया बच्चनले मणिपुरबारे मिडियासँग कुराकानी गरेकी छिन् ।
उनले भनेकी छिन्, ‘मणिपुरको विषयमा विश्वभरिका मानिस चर्चा गरिरहेका छन् । हाम्रो आफ्नो देशमा भने यसबारे केही कुरा भइरहेको छैन । योभन्दा बढी म के भन्न सक्छु र ?’
जया बच्चन समाजवादी पार्टीकी सांसद हुन् ।
उनले पत्रकारसँगको कुराकानीमा भनिन्, ‘ यो लाजमर्दो कुरा हो। उनीहरू छलफल गर्न चाहँदैनन् । तपाईंले सदनभित्र जुन दुई राज्यको कुरा गरिरहनुभएको छ, त्यहाँ तपाईंका विपक्षीहरू सत्तामा छन् । तपाईंको राज्यमा के भइरहेको छ । उत्तर प्रदेश, मध्य प्रदेशमा के भइरहेको छ तपाईं भन्नुहोस् न । यिनीहरूको जे जति बाँकी छ, त्यो पनि रहँदैन ।’
मणिपुरको मुद्दाबारे सोमबार भारतको संसद्को दुवै सदनमा हङ्गामा भयो । पछि सदनलाई मङ्गलवारसम्मका लागि स्थगित गरियो ।
लोकसभाका गृहमन्त्री अमित शाह आफू यसबारे चर्चाका लागि तयार भएको बताए । तर विपक्षका सांसदले भने लगातार नारा लगाइरहे ।
विपक्षी दलले प्रधानमन्त्री नरेन्द्र मोदीले मणिपुरको मुद्दाबारे संसद्मा आफ्नो धारणा राख्नुपर्ने माग गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माण व्यवसायीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न महासंघको माग
-
नेपालमा शङ्कास्पद गतिविधि संलग्न ७ जना बंगलादेशी नागरिक पक्राउ
-
सेनाले भन्यो– ‘रुख काट्ने प्रक्रिया पुरा गर्न ११ महिना लाग्छ’
-
ज्ञानेन्द्रको अभिव्यक्तिले तात्यो संसद् : माओवादी मौन, कांग्रेस एमालेको प्रतिवाद
-
नेप्सेको प्रमुख कार्यकारी अधिकृत छान्न अर्थ मन्त्रालयले बनायो समिति
-
‘जेन–जी’को युगमा ‘जेरोन्टो’को नेतृत्व