दाङमा सर्पदंशबाट चार दिनमा दुई जनाको मृत्यु

दाङ । दाङमा सर्पको टोकाइबाट १६ वर्षीय किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यान बागचौर नगरपालिका–४ पेदीखोला घर भई हाल शान्तिनगर गाउँपालिका–७ मामाघर बस्दै आएका मनोज वली रहेका छन् ।
गए राति १ बजेतिर सर्पले टोक्दा गम्भीर बिरामी भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए । उनका अनुसार वलीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि प्रतिष्ठानमा लगिएको थियो ।
त्यस्तै, गत शुक्रबार शान्तिनगर–३ बस्तीखोलाका ५० वर्षीय दलबहादुर घर्तीको सर्पको टोकाइबाट मृत्यु भएको थियो । शुक्रबार दिउँसो घर्तीलाई घरभित्रै सर्पले टोकेपछि उपचारका लागि राप्ती प्रादेशिक अस्पताल लगिएकामा उनको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
सर्पदंशबाट पछिल्लो चार दिनमा दुईको मृत्यु भएकाले आवश्यक सर्तकता अपनाउनुपर्ने प्रहरी नायब उपरीक्षक मल्लले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते