आयात
१६ प्रतिशतले घट्यो आयात
सोमबार, ०८ साउन २०८०, १४ : ४७

काठमाडौँ । गत आर्थिक वर्ष २०७९/८० मा नेपालको आयात ३ खर्ब ९ अर्बले आयात घटेको छ । भन्सार विभागले गत आर्थिक वर्षभरिको तथ्याङ्क सार्वजनिक गर्दै आयात ३ खर्बभन्दा धेरैले घटेको जानकारी दिएको हो ।
भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा नेपालले विदेशबाट १६ खर्ब ११ अर्ब रुपैयाँको आयात गरेको छ । जुन, अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा १९ खर्ब २० अर्बको आयात भएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा यो १६ प्रतिशतले कम हो ।