नास्पाती खानुका पाँच उत्कृष्ट फाइदा
मनसुनमा विभिन्न खालका रोग र सङ्क्रमणको खतरा बढ्ने गर्छ । त्यसैले यो मौसममा तपाईंले आफ्नो खानपिनको विशेष ख्याल राख्नुपर्छ । वर्षाको मौसममा स्वस्थ रहनका लागि तपाईंले फलफूल खानुपर्छ । नास्पाती पनि यस्तै मौसमी फल हो जसलाई तपाईं आफ्नो मनसुन डाइटमा समावेश गर्न सक्नुहुन्छ । नास्पाती खानमा स्वादिलो हुनुका साथै स्वास्थ्यका लागि फाइदाजनक पनि छ । यसमा भिटामिन सी, भिटामिन के, फाइबर, कपर, पोटासियम, म्याग्नेसियम, म्यागनिज र फोलेटजस्ता विभिन्न पोषक तत्त्व पाइन्छ । मनसुनमा नास्पाती खाँदा विभिन्न खालका मौसमी रोगबाट बच्न सकिन्छ । यसमा क्यालोरीको मात्रा निकै कम हुन्छ त्यसैले तौल घटाउनमा पनि सहयोग गर्छ । एक भारतीय सञ्चार माध्यमसँग डाइट्रीफिटकी पोषणविद् अबरना म्याथुवननले मनसुनमा नास्पाती खानुका फाइदाबारे जानकारी दिएकी छिन् ।
मनसुनमा नास्पाती खानुका फाइदा
शरीरलाई विभिन्न रोगबाट टाढा राख्नका लागि प्रतिरोधी क्षमता बलियो हुनुपर्छ । वर्षाको मौसममा नास्पाती खाँदा शरीरमा प्रतिरोधी क्षमता बलियो हुन्छ । वास्तवमा, यसमा भिटामिन सी र एन्टिअक्सिडेन्ट भरपुर मात्रामा हुन्छ जसले शरीरको रोग प्रतिरोधी क्षमता बढाउन मद्दत गर्छ । नियमित रूपमा यसको सेवन गर्दा विभिन्न खालका सङ्क्रमण र रोगबाट बच्न सकिन्छ ।
शरीरमा सुजनबाट राहत
वर्षाको मौसममा शरीर सुन्निने र दुख्ने समस्या हुनसक्छ । यस्तोमा नास्पाती खानु तपाईंका लागि लाभदायी हुनसक्छ । वास्तवमा यसमा एन्टिअक्सिडेन्ट र एन्टि इन्फ्लेमेटरी गुण हुन्छ जसले शरीर सुन्निनबाट जोगाउँछ । यदि तपाईं मनसुनमा जोर्नी दुख्ने समस्याबाट ग्रसित हुनुहुन्छ भने खानामा नास्पाती समावेश गर्न सक्नुहुन्छ ।
पाचन क्रिया बलियो बनाउँछ
मनसुनको समयमा पेटका सङ्क्रमणको जोखिम धेरै बढ्ने गर्छ । पेटको समस्याबाट बच्नका लागि तपाईं नास्पातीलाई आफ्नो खानामा समावेश गर्न सक्नुहुन्छ । यसमा भएका गुणले पाचन तन्त्रलाई स्वस्थ राख्न मद्दत गर्छ । नास्पातीमा फाइबर हुन्छ जसले दिसा गर्ने प्रक्रियालाई सहज बनाउन मद्दत गर्छ । यसको नियमित सेवनले अपच र कब्जियतको समस्या हट्न सक्छ ।
तौल घटाउनका लागि सहयोगी
नास्पातीको सेवन तौल घटाउनका लागि लाभकारी हुनसक्छ । यसमा फाइबर भरपुरमा मात्रामा हुन्छ जसका कारण छिटो भोक लाग्दैन । त्यसैले तपाईं बढी खानबाट जोगिनुहुन्छ । यसमा क्यालोरीको मात्रा पनि निकै कम हुन्छ, त्यसैले यो खाँदा तौल पनि नियन्त्रणमा रहन्छ ।
मुटुको स्वास्थ्यका लागि फाइदाजनक
नास्पाती मुटुको स्वास्थ्यका लागि पनि निकै राम्रो हुन्छ । यसले शरीरमा ब्याड कोलेस्ट्रोलको स्तरलाई कम गर्न र गुड कोलेस्ट्रोलको स्तरलाई बढाउन मद्दत गर्छ । यसमा पोटासियम हुन्छ जसले रक्तचापलाई नियन्त्रण गर्न पनि सहयोग गर्छ । यसको नियमित सेवनले मुटुरोगको जोखिम कम गर्न मद्दत मिल्न सक्छ ।
नास्पाती कहिले खाने ?
नास्पाती स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । तपाईं दिनको जुनसुकै समय पनि यो खान सक्नुहुन्छ । यद्यपि, बिहान खाली पेटमा नास्पाती खाँदा स्वास्थ्यलाई अधिक फाइदा मिल्छ । तर यदि तपाईं कुनै रोगसँग जुधिरहनुभएको छ भने विशेषज्ञको सल्लाह लिएपछि मात्रै यसको सेवन गर्नुहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौबिस वर्षदेखि वनपाखामा भेँडाबाख्रासँग रमाएका दुरजङ
-
बागमतीका ५ सहकारी ‘समस्याग्रस्त’ घोषित, कसको दायित्वमा कति रकम ?
-
प्रयागराज महाकुम्भमेला : धार्मिक पर्यटन प्रवर्द्धन गर्न उपयोगी
-
बाँकेमा भेटिए बीस प्रजातिका चरा
-
रुसी राष्ट्रपतिलाई ट्रम्पको चेतावनी-युक्रेन युद्ध समाप्त गर्ने कि आर्थिक दण्ड भोग्ने ?
-
पश्चिमी न्यून चापीय प्रणाली सक्रिय, यी स्थानमा वर्षा र हिमपातको सम्भावना