टाइगर–३ मा कट्रिनाले लिइन् सबैभन्दा महँगो पारिश्रमिक

मुम्बइ । कट्रिना कैफको अन्तिम ब्लकबस्टर फिल्म टाइगर जिन्दा हे २०१७ मा आएको थियो । तर, त्यसपछि उनको करियरले गति लियो । गत २०२१ मा अक्षय कुमारसँग कट्रिनालाई रुचाईएको थियो तर उनका अघिल्ला पाँचमध्ये चार फिल्मले बक्स अफिसमा राम्रो गर्न सकेनन्।
यति हुँदाहुँदै पनि टाइगर ३ मा क्याट्रिनाको पारिश्रमिक देखेर तपाई छक्क पर्नुहुनेछ । यो फिल्मबाट कटरिना पुरै विश्वस्त पनि छिन् । उनले ४० वर्षको उमेर पार गरिसकेकी छिन् र उनको करियरको अधिकांश हिस्सा खान जस्ता स्टारहरु वा ठूला स्टारका फिल्महरूमा काम गरेकी छिन ।
जबकि बलिउडका ठूला स्टारहरू नयाँ र कम उमेरका नायिकाहरुसँग काम गर्ने गरेको रेकर्ड छ । तर, पनि ४० पुग्दा पनि उनी स्टारहरुसँगै नै काम गरिरहेकी छिन् । दिपावालीमा रिलिज हुन लागेको टाइगर ३ को दर्शकले प्रतिक्षा गरिरहेका छन् ।
फिल्ममा सलमान खान छन् र उनका यस अघिका धेरै फिल्म फ्लप थिए, अब उनको आशा पनि यही फिल्ममा टिकेको छ । निर्देशक मनीष शर्माको फिल्ममा कट्रिनाले पाकिस्तानी एजेन्ट जोयाको भूमिका निभाएकी थिइन । टाइगर सिरिजको यो तेस्रो फिल्म हो ।
स्टार पावर र टाइगर फ्रेन्चाइजका अघिल्ला दुई किस्ताको शानदार सफलताका कारण फिल्म व्यापारले पनि यसलाई आशावादी आँखाले हेरिरहेको छ । स्टारका लागि पछिल्लो तीन वर्ष राम्रो रहेन । यस्तो अवस्थामा तमार स्टारहरुले कम फिमा पनि फिल्ममा काम गर्नुपर्ने माग उठेको छ ।
कट्रिना कैफले यहाँ कम काम गरे पनि टाइगर ३ ले एक्सन प्याक भूमिकामा छाप छोड्ने विज्ञहरुको विश्वास छ । फिल्मलाई यशराज फिल्म्सले निर्माण गरेको हो । कट्रिनाको पारिश्रमिकको आधिकारिक जानकारी नदिईए पनि आईएमडीबीको रिपोर्ट अनुसार उनले टाइगरका प्रत्येक परियोजनावाट १५ करोड देखि २१ करोड भारतीय रुपैयाँ पारिश्रमिक लिएको जनाईएको छ ।
त्यसैले टाइगर ३ को लागि उनले आफुले तोकेको शुल्क नै लिएको विज्ञहरु बताउँछन् । उनले सबैभन्दा महंगो पारिश्रमिक लिएको मिडिया रिर्पोटमा उल्लेख छ । टाइगर ३ नोभेम्बर १० मा दीपावलीको अवसरमा हलमा रिलिज हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिरामी परे रोबर्टो कार्लोस, नआउने भए एनएसएल हेर्न
-
विद्यालय शिक्षा विधेयक : उपसमितिबाट ७६ दफा पारित, २० दफामा व्यापक छलफल
-
बमजनलाई सफाइ दिँदै उच्चले भन्यो, ‘हदम्याद नाघेपछि मुद्दा चलाउनु न्यायिक अराजकता’ (पूर्णपाठ)
-
साउनदेखि क्षतिग्रस्त सडकको पुनर्निर्माण हुने, कुन सडकको कस्तो छ अवस्था ?
-
हेटौँडा अस्पतालको बोर्ड तोडमोड गर्नेमाथि अनुसन्धान गर्न ५ दिनको म्याद थप
-
दोलालघाट-जिरोकिलो सडकखण्ड अवरुद्ध, सडक खुलाउने प्रयास