भैँसे-भीमफेदी सडकखण्डमा यातायात सञ्चालन
आइतबार, ०७ साउन २०८०, २० : ५२
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौँ जोड्ने भैंसे–भीमफेदी सडकखण्डमा आज अपराह्न गएको पहिरो पन्छाई यातायात पुनः सञ्चालनमा ल्याइएको छ ।
उक्त सडकखण्ड अन्तर्गत पर्ने मकवानपुरको भीमफेदी गाउँपालिका–३ मा आज अपराह्न खसेको पहिरो पन्छाई केहीबेर अघिदेखि यातायात सञ्चालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार पहिरो जाँदा भीमफेदी हुँदै काठमाडौँ, सिस्नेरी, फाखेललगायत भीमफेदीको विभिन्न स्थानमा जाने र ती सडकखण्ड हुँदै हेटौँडातर्फ आउने यातायात अवरुद्ध भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माल्टामा सञ्चालन हुने घुम्ती शिविर स्थगित
-
‘कन्फ्लुयन्स’ : कलाका सिद्धान्त र तत्त्वमा आधारित प्रदर्शनी
-
सुदूरपश्चिम रोयल्समा सुदूरपश्चिमेलीको वर्चश्व
-
सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या ७० प्रतिशतले बढ्यो
-
आज काठमाडौँका यी स्थानमा बिजुली काटिने
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल