प्रधानमन्त्री प्रचण्ड र चिनियाँ नेता युआनबीच भर्चुअल संवाद
आइतबार, ०७ साउन २०८०, २० : ३१

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ नेता युआन च्या च्युनबीच भर्चुअल संवाद भएको छ ।
नेपाल भ्रमणमा रहेका चिनियाँ नेता च्या च्युनसँग इटलीको भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले आइतबार भर्चुअल संवाद गरेका हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार च्या च्युन र प्रधानमन्त्री प्रचण्डबीच आइतबार दिउँसो ४ बजे भर्चुअल माध्यमद्वारा छलफल भएको हो ।
संवाद क्रममा प्रधानमन्त्रीले चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डलको नेतृत्व गरेर नेपाल भ्रमणमा रहेका च्या च्युनलाई न्यानो स्वागत गरे । भेटमा दुई देशको आपसी हितका विषयमा छलफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीमा गहुँ उत्पादन घट्यो
-
आधा छोटो बनाइयो सरकारको नीति तथा कार्यक्रम, भोलि सार्वजनिक हुने
-
सीपमुलक जनशक्ति रोजगारीमा जोडिएमात्रै समृद्ध नेपाल सम्भव छ : प्रधानमन्त्री ओली
-
सुनको मूल्य ह्वात्तै घट्यो आज कतिमा हुँदैछ कारोबार ?
-
रोजगारदाता र रोजगारी खोजकर्तालाई प्रविधि मार्फत सोझै सम्पर्क गराउने सरकारको प्रयास
-
सरकारसँगको सहमतिपछि नेपाल शिक्षक महासङ्घको बैठक बस्दै