डेंगु फैलिएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छुट्टै वार्ड
काठमाडौँ । सुनसरी जिल्लाको धरानलगायत वरपरका अन्य जिल्लाहरूमा व्यापकरुपमा डेंगु रोगको प्रकोपको फैलिँदै गएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान तथा धरान उपमहानगरपालिकाको सहकार्यमा प्रतिष्ठानमा छुट्टै डेंगु वार्ड सञ्चालनमा ल्याइएको छ ।
यसअघि जीओपीडी भवन अगाडि छुट्टै डेंगु क्लिनिक सञ्चालनमा ल्याइएको थियो ।
साउन ७ गतेसम्म ८ सय १९ जनाको परीक्षण गर्दा ६१५ जना मा डेंगु सङ्क्रमण देखिएको प्रतिष्ठानले जनाएको छ । इमर्जेन्सीमा आउने डेंगुका बिरामीको चापमा अत्यधिक वृद्धि हुँदा कुनै पनि बिरामी उपचार सेवाबाट वञ्चित नभई सहजरुपमा उपचार सेवा पाउन तथा अन्य रोगका बिरामीहरूको उपचार सेवामा समेत असर नपरोस् भन्ने उद्देश्यले प्रतिष्ठानको कोभिड अस्पताल भवनमा (धर्मशालाको पूर्वपट्टी) हाललाई ३० (तीस) बेडको छुट्टै डेंगु वार्डको व्यवस्था गरिएको छ ।
प्रतिष्ठानको इमर्जेन्सीमा वा ओ.पी.डी.मा उपचारका लागि आएका डेंगुका बिरामीहरू मध्ये सिकिस्त बिरामीहरूलाई आई.सी.यू., इमर्जेन्सी र अन्य वार्डहरूमा उपचारार्थ राखिने छ भने त्यस बाहेक स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा राख्नुपर्ने डेंगुका बिरामीहरूलाई सो वार्डमा भर्ना गरी उपचार गरिने छ ।
हाल कोभिड अस्पतालमा सञ्चालनमा ल्याइएको डेंगु वार्डमा बिरामीको चाप र आवश्यकतालाई मध्यनजर गरी भविष्यमा बेड क्षमता विस्तार एवम् सघन उपचार सेवा (आइ.सी.यू) समेत सञ्चालन गरिने डा.चुरामणि पोखरेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाडपर्वमा तलबभत्ता नपाएको शिक्षक सङ्गठनको गुनासो
-
बाढीपहिरोबाट सार्वजनिक यातायातमा ७३ करोडको क्षति
-
व्यवसाय विकासका लागि किशोरीलाई सामग्री प्रदान
-
रिसोर्ट उद्घाटनमा मन्त्रीहरूको लर्को : प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाले काटे रिबन
-
भीमफेदीमा ट्याक्सी र मिनिबस ठोक्किँदा ३५ जना घाइते, ६ जनाको अवस्था गम्भीर
-
दोस्रो टी–२० मा भारतसामु निरीह बन्यो बंगलादेश