डिजिटल करेन्सीको प्रक्रिया अघि बढाउने, सफ्टवेयर निर्यातकर्तालाई प्राथमिकता

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०/८१ मा ‘केन्द्रीय बैंक विद्युतीय मुद्रा’ (डिजिटल करेन्सी)को काम अघि बढाउने उल्लेख गरेको छ । आइतबार मौद्रिक नीति जारी गर्दै केन्द्रीय बैंकले अध्ययन प्रतिवेदनलाई आधार मानेर डिजिटल करेन्सीको थप काम अघि बढाउने योजना बनाएको हो ।
यस्तै, सार्वजनिक सेवा प्रवाह हुने मुख्य कार्यालयहरुमा विद्युतीय भुक्तानीका उपकरणहरुको प्रयोग गरी राजस्व संकलन गर्ने कार्यका लागि सहजीकरण गरिनेछ । सूचना प्रविधि लगायतका सेवा निर्यात गरे वापतको विदेशी मुद्रा विद्युतीय माध्यमबाट भित्र्याउने व्यवस्थालाई थप प्रभावकारी बनाउने व्यवस्था गरिने राष्ट्र बैंकले जनाएको छ ।
विद्युतीय भुक्तानीमा आबद्ध संस्थाहरुले गर्ने कारोबारको राफसाफ कार्यलाई ‘प्रिन्सिपल्स फर फाइनान्सियल मार्केट इन्फ्रास्ट्रक्चर’सँग सामञ्जस्य हुनेगरी केन्द्रीय बैंकको प्रणालीमार्फत फछ्र्यौट हुने व्यवस्था मिलाउने व्यवस्था गर्ने योजना मौद्रिक नीतिमा तय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणको बार आज कसलाई कति फलदायी ? हेरौं राशिफल
-
आज कति छ अमेरिकी डलर, युरो, पाउण्ड, अष्ट्रेलियन, क्यानेडियन र हङकङ डलरको मूल्य ?
-
आज देशभर अक्षय तृतीया पर्व मनाइँदै
-
च्याम्पियन्स लिग सेमीफाइनल पहिलो लेगमा पीएसजी विजयी, आर्सन पर्यो दबाबमा
-
पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा सिग्देल निर्विरोध निर्वाचित
-
शिक्षक आन्दोलन : मंगलबार रातिको वार्तामा अर्थमन्त्री र गृहमन्त्री पनि सहभागी