भ्रमण खर्च सुविधा बढ्यो, अब एक व्यक्तिले २५ सय डलरसम्म लैजान पाउने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भ्रमण खर्च सुविधा वृद्धि गरेको छ । यसअघि विदेश भ्रमणमा जाने नेपाली नागरिकले राहदानी सुविधा बापत एक वर्षमा दुईपटक गरेर १५ सय अमेरिकी डलर मात्र सटही सुविधा दिएकोमा मौद्रिक नीतिमार्फत सोलाई बढाएर केन्द्रीय बैंकले २५ सय डलर पुर्याइदिएको हो ।
योसँगै अब भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूले वर्षमा २५ सय अमेरिकी डलरसम्म खर्चको सुविधा पाएका छन् ।
यस्तो सुविधा हवाई सेवा प्रदायकहरुलाई आवश्यक पर्ने विभिन्न सेवा शुल्कको भुक्तानी विदेशमा गर्दा नियामक निकायको स्वीकृति/सिफारिस र तोकिएका कागजात समेतको आधारमा अमेरिकी डलर एक लाख वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रासम्मको रकम इजाजतपत्र प्राप्त “क” वर्गका वाणिज्य बैंकहरुमार्फत पठाउन सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ ।
कोभिड–१९ को प्रकोप र प्रभाव न्यून हुँदै गएको हुँदा विदेशी मुद्रामा लिएको ऋण नेपाली रुपैयाँमा भुक्तानी गर्न सकिने विद्यमान व्यवस्था हटाइने बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, नेपालबाट २११ जना उडे
-
मुद्दा मामिला झेलेको लाज शरणम् सेन्सर पास
-
यी तीन थरी मानिसले खानु हुन्न हरियो तरकारी
-
बेलायतमा मौसमी कामदारका नाममा पैसा उठाउने गिरोह सक्रिय
-
जर्मनीमा ओलाफ शोल्ज फेरि बन्लान् चान्सलर ?
-
नसर्ने रोग नियन्त्रणमा व्यक्ति, समाज र सरकारको भूमिका