राष्ट्र बैंकले बचत तथा ऋण सहकारीको नियमनका लागि छुट्टै नियामकीय निकाय खडा गर्ने
आइतबार, ०७ साउन २०८०, १४ : २५

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बचत तथा ऋणको कारोबार गर्ने सहकारी संघ संस्थाहरुको नियन, सुपरिवेक्षण गर्न छुट्टै निकायको गठन गर्ने भएको छ ।
मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले आर्थिक वर्ष २०८०–८१ को नेपाल सरकारको बजेटमा उल्लेख भएबमोजिम बचत तथा ऋण सहकारी संस्थाको प्रभावकारी नियमन तथा सुपरिवेक्षणका लागि छुट्टै विशिष्टिकृत नियामक निकाय स्थापना गर्न आवश्यक सहजीकरण गरिने बताएको हो ।
यसअघि नै ५० लाखभन्दा माथि वित्तीय कारोबार गर्ने सहकारी संघ संस्थाहरुलाई केन्द्रीय बैंकले नियमन गर्नुपर्ने आवाज उठ्दै आएको थियो ।