गरगहना चोरेर भाग्दै गरेका श्रीमान्–श्रीमती पक्राउ
आइतबार, ०७ साउन २०८०, १४ : २०

रुपन्देही । मायादेवी गाउँपालिका-४ सेमरीस्थित सुर्जमती नाउँको घरबाट चोरी गरेको सामानसहित दुई जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही घरमा डेरा गरी बस्ने भारत बनारस घर भई जगदम्बा बोरा कम्पनीमा काम गर्ने २२ वर्षीय शिबम केशरी र उनकै श्रीमती १९ वर्षीया सोनी केशरी रहेका छन् ।
उनीहरूले सुर्जमती नाउँको कोठाबाट सुन तथा चाँदीका गर-गहना चोरी गरी भाग्ने क्रममा घरधनीले थाहा पाई खबर गर्नासाथ इलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो । उनीहरूको साथबाट करिब २ लाख ५० हजार रुपैयाँ बराबरको गर-गहना फेला पारेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चारदेशीय टी–२० आई सिरिजः उपाधिको लागि नेपाल र कुवेत भिड्दै
-
बाँकेको पाँच स्थानीय तहमा छैनन् दमकल
-
गभारोले रित्तै सुपारीका बोट, उत्पादन र मूल्य दुवै घट्यो
-
संविधानको पूर्ण कार्यान्वयन हुन जरुरी छ : झक्कुप्रसाद सुवेदी
-
बागमतीमा प्रभावकारी बन्दै ‘विद्यालय नर्स’ कार्यक्रम
-
खानेपानी सञ्चित गर्न ट्याङ्की वितरण