आर्थिक वर्षको पहिलो साता ६ अर्ब ४१ करोड राजश्व संकलन

काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ को पहिलो साता सरकारले ६ अर्ब ४१ करोड रुपैयाँ भन्दा बढी राजस्व सङ्कलन गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले साउन पहिलो साता ६ अर्ब ४१ करोड ६४ लाख रुपैयाँ बराबरको राजस्व सङ्कलन गरेको हो । यो लक्षित राजस्वको ०.४४ प्रतिशतको उपलब्धि हो ।
सरकारले चालु आर्थिक वर्षका लागि राजस्व, गैर–राजस्व, अनुदान गरी १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ रुपैयाँ बराबरको स्रोत सङ्कलनको लक्ष्य राखेको छ ।
सो मध्ये पहिलो हप्ता राजस्वतर्फ ३ अर्ब ९१ करोड ९ लाख रुपैयाँ उठेको छ भने भन्सार राजस्वतर्फ ३ अर्ब ५४ करोड ८८ लाख रुपैयाँ उठेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
यस्तै समीक्षा अवधिमा गैरराजस्वतर्फ ३६ करोड २१ लाख रुपैयाँ उठेको छ भने विविध शीर्षकमा २ अर्ब ५० करोड ५५ लाख रुपैयाँ सङ्कलन भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
वैदेशिक सहायता (ग्रान्ट) तर्फ भने सरकारलाई हालसम्म कुनै सहयोग आएको छैन ।
गत आर्थिक वर्षमा लक्षित राजस्व उठ्न नसक्दा झन्डै ४ खर्ब रुपैयाँले बजेट घाटामा गएको थियो । १४ खर्ब बढी राजस्वको लक्ष्य राखेकोमा जम्मा १० खर्ब हाराहारी मात्र राजस्व सङ्कलन हुन सकेको थियो ।
स्रोतको संकुचनलाई नै मध्यनजर गर्दै सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को बजेट घटाएको छ । आर्थिक वर्षका सरकारले कुल १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानी गजलकार गुलाम अली काठमाडौँमा गुञ्जने
-
प्यालेस्टिनी कैदीहरूको रिहाइमा इजरायलको आनाकानी, राखियो सर्त
-
बागमती प्रदेश विश्वविद्यालयको डीन नियुक्तिका लागि आवेदन आह्वान
-
नेपाल नर्सिङ परिषदद्वारा पीसीएल नर्सिङ र बीएस्सी नर्सिङ नाम दर्ता परीक्षाको नतिजा प्रकाशित
-
काभ्रेका ९५ प्रतिशत बालिकाले लगाए ‘एचपीभी’ खोप
-
१० जना प्रहरीको नाममा प्रधान कार्यालयले निकाल्यो सूचना