राजस्वले पत्र नपठाउँदा अघि बढेन गाल्ने र तौलिने प्रक्रिया
_OvwtoGIz2d.jpg)
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको सुनको तौल कति छ भन्ने अझै यकिन भएको छैन । असार ३० मा हङकङबाट क्याथे प्यासेफिकको उडान मार्फत मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’मा लुकाएर ल्याएको ‘सुन’ राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।
साउन ३ मा त्रिभुवन विमानस्थल भन्सार कार्यालयको गेट बाहिरबाट बरामद गरिएको सुन करिब ८० देखी १ सय किलो रहेको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गानाले दाबी गरेका छन् । तर, उनले पत्र नपठाउँदा राष्ट्र बैङ्कले सुन गाल्ने र यकिन परिमाण निकाल्ने काम रोकिएको छ ।
सुन हङकङबाट मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’ बनाएर ल्याइएको थियो । राजस्व अनुसन्धान विभागले बरामद ८ पोका सुन राष्ट्र बैङ्कको टक्सार महाशाखामा पठाएको छ । राष्ट्र बैङ्कका अधिकारीहरूका अनुसार गालेपछि मात्रै सो सुनको परिमाण तौलिन मिल्छ । तर, गाल्ने प्रक्रिया सुरु गर्न राजस्व अनुसन्धान विभागको पत्र पठाउनुपर्छ । विभागको पत्र आएपछि मात्रै प्रक्रिया अघि बढाइने राष्ट्र बैङ्कको टक्सार महाशाखामा निर्देशक थानेश्वर आचार्यले रातोपाटीलाई बताए । उनले भने, ‘पत्रबिना गाल्ने लगायतका काम अघि बढ्दैन ।
सुना बरामद गरेको पाँचौँ दिनमा पनि राजस्व अनुसन्धान विभागले पत्र पठाएको छैन । पत्र किन पठाइएन् भन्ने रातोपाटीको प्रश्नमा महानिर्देशक ढुङ्गानाले भने, ‘पत्र बिस्तारै जान्छ ।’
सुनको परिमाण कत्ति छ भन्ने आम चासो भए पनि ढुङ्गानाले अनुसन्धानको विषय भन्न नमिल्ने बताएर उनले भने, ‘अनुसन्धान हुँदै छ, पत्र लगायतका काम प्रक्रियामा छ ।’
सुन तस्करीमा संलग्न आरोपमा १० जना विभागको कस्टडीमा छन् । उनीहरूमाथि उप–सचिवको नेतृत्वमा अनुसन्धान टिम गठन गरेर विभागले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सात महिनामा कहाँबाट कति भित्रियो खाद्यान्न ?
-
अमेरिकी विमानस्थलमा यसरी टर्यो अर्को दुर्घटना
-
यी चर्चित क्रिकेटरको खानपिन र व्यायामशैली
-
‘जुगजुग जियो’ अभिनेत्री प्रजक्ताले गरिन् नेपाली युवकसँग विवाह
-
लगातार दुई पटक उपाधि चुम्ने एकमात्र राष्ट्र
-
नेपालमै पढ्न चाहने केआईआईटीमा अध्ययनरत विद्यार्थीलाई आवेदन दिन आह्वान