पार्टी कार्यालय जाने निर्णय प्रधानमन्त्री प्रचण्डसहित मन्त्रीले गरेनन् कार्यान्वयन

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित मन्त्री कार्यतालिका बमोजिम पार्टी कार्यालय जाने निर्णय गरेको छ । तर पार्टीको यो निर्णय प्रधानमन्त्री तथा मन्त्रीहरूले कार्यान्वयन गरेको पाइएको छैन ।
पार्टी नेता कार्यकर्ता र सर्वसाधारणलाई सरकारसँग जोड्न प्रधानमन्त्रीसहित मन्त्रीहरू नियमित पार्टी कार्यालय जाने निर्णय भएको थियो । गत वैशाख १ गते भएको निर्णय एक महिनासम्म कार्यान्वयन भएपछि बन्द भएको हो ।
प्रधानमन्त्रीसहित मन्त्री पार्टी कार्यालय जाने निर्णय पछिल्लो समय कार्यान्वयन नभएको पार्टी केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले बताए । ‘पार्टी नेता कार्यकर्ता र सर्वसाधारणले भेट्न सहज होस् भन्ने उद्देश्यले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्रीसहित मन्त्रीको कार्यतालिका बनाइयो । वैशाख १ गते उद्घाटन भई एक महिना नियमित चल्यो’ उपाध्यायले भने, ‘जेठ १ गतेदेखि बजेट बनाउनु पर्ने भएकाले स्थगित भएको हो । तर झन्डै २ महिना हुँदासम्म फेरी कार्यान्वयन आएको छैन ।’
अब साउन १७ गते बस्ने केन्द्रीय समिति बैठकपछि पार्टीको उक्त निर्माण कार्यान्वयन आउन सक्ने उपाध्यायले बताए ।
चालू आर्थिक वर्षको बजेट ल्याउने भएपछि गत जेठ १ गतेदेखि बन्द गरिएको थियो । त्यसयता पार्टीको कार्यतालिका बमोजिम प्रधानमन्त्री र मन्त्री कुनै पुगेका छैनन् । माओवादीले निर्णय कार्यन्वयनपक्ष फितलो हुँदा यस्तै समस्या भोग्दै आएको छ । पार्टीलाई विधिमा ल्याउन यस्ता धेरै निर्णय भएपनि कार्यान्वयन गर्न नसक्दा पछिल्लो समय पार्टी कमजोर हुँदै गएको छ ।
माओवादीले आइतबार उर्जा, जलस्रोत तथा सिचाई मन्त्री शक्तिबहादुर बस्नेत, सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, मंगलबार सल्लाहकार र विज्ञ उपस्थित हुने निर्णय गरेको थियो । यस्तै बुधबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी, बिहीबार उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठ, शुक्रबार प्रधानमन्त्री प्रचण्ड र शनिवार सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा उपस्थित हुने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यालय शिक्षा विधेयक : उपसमितिबाट ७६ दफा पारित, २० दफामा व्यापक छलफल
-
बमजनलाई सफाइ दिँदै उच्चले भन्यो, ‘हदम्याद नाघेपछि मुद्दा चलाउनु न्यायिक अराजकता’ (पूर्णपाठ)
-
साउनदेखि क्षतिग्रस्त सडकको पुनर्निर्माण हुने, कुन सडकको कस्तो छ अवस्था ?
-
हेटौँडा अस्पतालको बोर्ड तोडमोड गर्नेमाथि अनुसन्धान गर्न ५ दिनको म्याद थप
-
दोलालघाट-जिरोकिलो सडकखण्ड अवरुद्ध, सडक खुलाउने प्रयास
-
च्याम्पियन्स लिग सेमिफाइनल : रियल र बायर्नसम्मको बिचल्ली, चारभित्र सबै टोली फरक राष्ट्रका