रेडन कलेज : २३ वर्षदेखि अब्बल, व्यावहारिक शिक्षामा जोड
काठमाडौँ । स्कुल तथा कलेजहरूको भीडमा अनुसन्धान तथा नवप्रवर्तनमूलक शिक्षा प्रदान गर्नेको कमी थियो । हरेक कलेजले किताबी ज्ञान दिने र विद्यार्थीलाई परीक्षा केन्द्रित गराउँदै आएका थिए । त्यसमाथि विद्यार्थी तथा अभिभावकले तिर्नै नसक्ने खालको शुल्क हुन्थ्यो । शैक्षिक वातावरण पनि पढाइ केन्द्रित हुन्छ । यी यावत कुरालाई मध्यनजर गर्दै २१ औँ शताब्दीमा कस्तो खालको शिक्षा हुनुपर्छ भन्नेमा शिक्षा क्षेत्रका व्यक्तित्वहरूबीच लामो छलफल र बहस चल्यो ।
यसै विषयमा केन्द्रित रहेर शिक्षा क्षेत्रका ७–८ जना प्रबुद्ध व्यक्तिहरूको सक्रियतामा रेडन एजुकेसन फाउन्डेसन जन्मिएको हो । तेजेन्द्रनाथ श्रेष्ठ र प्राडा देवीदत्त पौड्यालसहितको विज्ञ टोलीले सन् २००० अर्थात् विसं २०५७ मा रेडन फाउन्डेसनको स्थापना गरे ।
रेडनको मुख्य उद्देश्य नै विद्यार्थीलाई रिसर्चबेसमा पठनपाठन गराउने हो । त्यसका लागि उनीहरूले रेडनको अर्थ नै रिसर्च एजुकेसन ह्युमन डेभलपमेन्ट अर्गनाइजेसन अफ नेपाल राखे ।
उक्त फाउन्डेसनमार्फत सुरुमा विद्यालय शिक्षाको पठनपाठन थालिएको थियो । त्यसपछि विस्तारै प्लसटु र कलेजसम्म स्थापना गरियो । त्यही आधारमा शिक्षा क्षेत्रमा आफ्नो प्रभुत्व जमाउँदै आएको छ ।
रेडनमा हाल प्लसटुका विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन हुँदै आएका छन् । हाल रेडनअन्तर्गत १ हजार ५०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।
रेडनका प्रिन्सिपल प्राडा देवीदत्त पौड्यालले ७७ वटै जिल्लाका विद्यार्थीहरूलाई उत्कृष्ट शैक्षिक वातावरणमा पठनपाठन गराउँदै आएको बताए ।
उत्कृष्ट भौतिक संरचना, दक्ष शैक्षिक टिम, धेरै विद्यार्थीका लागि छात्रवृत्तिको प्रावधान, अतिरिक्त क्रियापकलामा जोड, ७७ वटै जिल्लाका बहुप्रतिभाको मूल्याङ्कन गरिने कारणले विद्यार्थीहरूले रेडन कलेज छनोट गर्ने गरेका छन् ।
प्लसटुमा साइन्स र म्यानेजमेन्ट :
प्लसटुमा साइन्स (विज्ञान) र म्यानेजमेन्ट (व्यवस्थापन) का शैक्षिक कार्यक्रम सञ्चालनमा छन् । दुवैतर्फ दुई दुई सय विद्यार्थी पढाउँदै आएको छ ।
साइन्सका हकमा सैद्धान्तिक पढाइसँगै प्रयोगात्मक अभ्यासलाई जोड दिइएको छ । विद्यार्थीले कक्षाकोठामा पढेको कुरा ल्याबमा गएर प्रेक्टिकल गर्नैपर्छ ।
जबसम्म प्रेक्टिकलमा सक्षम हुँदैनन् तबसम्म विद्यार्थीलाई अगाडि बढ्ने मौका दिइँदैन । त्यसका लागि विद्यार्थी आफैँ सक्रिय हुनुपर्छ । विद्यार्थी रटाएरभन्दा पनि बुझ्ने गरी पढाउँदै आएको छ । त्यसका लागि रेडनले शिक्षकहरूलाई विद्यार्थीमैत्री बनाएको छ ।
साइन्सको हकमा अनिवार्य अङ्ग्रेजी, फिजिक्स, क्यामेस्ट्री, बायोलोजी, कम्प्युटर साइन्स र म्याथमेटिक्सको पढाइ हुन्छ ।
त्यस्तै म्यानेजमेन्टको हकमा पनि विद्यार्थीहरूले पढेका कुरालाई प्राक्टिकल गर्नै पर्छ । होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीले होटलहरूमा काम गरेकै हुनु पर्छ । म्यानेजमेन्ट अन्तर्गत एकाउन्टेन्सी, इक्नोमिक्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र बिजनेस स्टडिज विषय पढाइ हुन्छन् ।
रेडनका शैक्षिक निर्देशक सुनोज कैनीले विद्यार्थीहरूलाई परीक्षा र नतिजा मात्र केन्द्रित भएर पढाइ नहुने बताए ।
‘परीक्षा केन्द्रित गरेर मात्र होइन राष्ट्रिय परीक्षा बोर्डले तोकेको पाठ्यक्रमअनुसार पढाउनै पर्छ ताकि भोलि गएर समस्या नहोस्,’ कैनीले भने, ‘टिचरहरूले यो जाँचमा आउँदैन, त्यसैले पढ्नु पर्दैन भन्छन् । तर हामीले परीक्षाका लागि भन्दा पनि भविष्यका लागि पढाउनु पर्छ भन्ने हुन्छ ।’
पढाइसँगै काउन्सिलिङ :
रेडनले विद्यार्थीलाई पढाइसँगै काउन्सिलिङमा पनि जोड दिँदै आएको छ । विद्यार्थीलाई शैक्षिक विषयमा मात्र नभएर भावनात्मक सपोर्ट पनि चाहिन्छ । त्यसैले रेडनले बच्चाहरूलाई काउन्सिलिङ पनि गराउँदै आएको निर्देशक कैनीले बताए ।
‘विद्यार्थीलाई एकेडेमिक सपोर्ट मात्र नभएर इमोसनल सपोर्ट पनि चाहिन्छ । परिवारका आफ्नै बाध्यता छन् । आफ्नै बाध्यताले समय दिन नसकेको होलान् । त्यसैले यो सबै जिम्मेवारी टिचरको हातमा छ । त्यो सबै कुरा हामीले हेर्छौं । एक्ट्रा केयरिङ गर्छौं,’ उनले भने ।
पढ्न चाहना भएका विद्यार्थीलाई अवसर :
रेडन यस्तो संस्था हो, जहाँ पढ्ने इच्छाशक्ति भएका विद्यार्थीका लागि कहिल्यै पनि ढोका खुला राख्छ । कोही विद्यार्थी आर्थिक अवस्था कमजोर भयो वा कम जीपीए ल्याएका आधारमा रेडनले पढ्नबाट वञ्चित गराउँदैन् ।
‘यति नै जीपीए ल्याउनु पर्छ भनेर हामीले प्रेसर दिँदैनौँ । कुनै विद्यार्थीले पढ्ने इच्छा जाहेर गरेको खण्डमा त्यस्तो विद्यार्थीलाई हामी चान्स दिन्छौँ । त्यस्तो विद्यार्थीलाई चान्स दिन्छौँ । पछि सकेन भने त्यो बेला काउन्सिलिङ गर्न सकिन्छ । तर अवसर नै नदिने भन्ने होइन,’ उनले भने ।
एक पटक रुकुमका एक जना विद्यार्थी आएका थिए । उनको नतिजा निकै कमजोर थियो । उनले रेडन नै पढ्ने इच्छा जाहेर गरे । इन्ट्रान्स परीक्षा दिन लगाइयो । तर परीक्षामा पास हुन सकेनन् ।
उनी इन्ट्रान्स परीक्षामा फेल भए पनि अफिस धाइरहे । जसरी पनि रेडन पढ्ने अडान राखिराखे र उनलाई एक पटक मौका दिने भनियो । त्यसका लागि निर्देशक कैनीले आफू जिम्मा लिने बताए । र उनलाई भर्ना लिइयो ।
सरकारी माध्यमबाट पढेर आएका त्यसमा पनि उनको अङ्ग्रेजी निकै कमजोर थियो । पहिलो चरणको परीक्षामा चार विषय लाग्यो अर्थात् साइन्सका चार विषयमा फेल भए ।
त्यसपछि उनले आफ्नो पढाइप्रति बढी जिम्मेवार भए र त्यो नतिजाले उनलाई बढी प्रेसरमा राख्यो । कक्षा ११ को वार्षिक परीक्षा धौ धौ पास भए ।
कक्षा १२ को वार्षिक परीक्षामा भने उनले ७१ प्रतिशत नतिजा ल्याए । जब कि उनीसँगै बोर्डिङ स्कुलबाट एसईईमा ८० प्रतिशत अङ्क ल्याएर भर्ना भएको विद्यार्थीले प्लसटु नै पास गर्न सकेनन् ।
त्यसपछि रेडन कुनै विद्यार्थीले पढ्ने इच्छा जाहेर गरेर आएको खण्डमा शुल्क, जीपीएका आधारमा रोक्नु हँुदैन भन्ने मान्यताका साथ अगाडि बढिरहेको कैनीको भनाइ छ ।
बच्चाहरूलाई अवसर दिइयो भने राम्रो गर्न सक्छन् भन्ने मान्यता रेडनको रहेको उनको भनाइ छ ।
कक्षा ११ कै छात्रवृत्ति १२ मा निरन्तर
रेडनमा छात्रवृत्तिको हकमा कक्षा ११ मा पाएका विद्यार्थीले कक्षा १२ मा निरन्तर पाउँछन् ।
रेडनले जिल्ला टपर, स्कुल टपर, जीपीए ३.२० भन्दा बढी ल्याएको, इन्ट्रान्स टपर तथा नेसनल खेलाडीलगायतलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ ।
कक्षा ११ मा पाएको छात्रवृत्तिअनुसार कक्षा १२ मा राम्रो नतिजा निकाल्ने नसकेको खण्डमा छात्रवृत्ति भने काटिँदैन ।
‘कक्षा ११ मा पाएको छात्रवृत्ति १२ मा पनि निरन्तर नै हुन्छ । पढाइमा मात्र ध्यान जाओस् भनेर हामीले बच्चालाई फीको हकमा धेरै प्रेसर दिँदैनौँ’ कैनीले भने ।
बच्चालाई ल्याब, व्यावहारिक शिक्षामा जोड
२१ औँ शताब्दीमा किताबी ज्ञानले मात्र पुग्दैन । बढ्दो सूचना प्रविधिको विकाससँगै विद्यार्थीहरूमा व्यावहारिक ज्ञानको कमी आएको देखिन्छ ।
रेडनले विद्यार्थीहरूलाई किताबी ज्ञान, सूचना प्रविधिको ज्ञानसँगै व्यावहारिक ज्ञानलाई पनि जोड दिँदै आएको छ ।
रेडनले अहिले स्कुल तहबाट नै विद्यार्थीलाई रिसर्च केन्द्रित गराउँदै आएको छ ।
स्कुल लेबलका बच्चाहरूलाई रिसर्च केन्द्रित गराउँदा त्यो बच्चा माथिल्लो लेबलमा पुग्दासम्म अनुसन्धानमा पोख्त भइसकेको हुन्छ ।
कक्षा ३ देखिकै विद्यार्थीहरूलाई ल्याबको कुरा सिकाइन्छ । विद्यार्थीलाई प्रेक्टिलक बेसमा पठनपाठन गराउँदै आएको कैनीले बताए ।
‘पढाइ मात्र होइन, सैद्धान्तिक र प्रेक्टिकलले मात्र पुगेन । अब पूरै व्यावहारिक लैजान खोजिरहेका छौँ । त्यही आधारमा विद्यार्थीहरूलाई पढेको कुरा र गरेको कुरा व्यवहारमै उतार्न लगाइरहेका छौँ,’ उनले भने ।
विद्यार्थीलाई पार्ट टाइम जब :
म्यानेजमेन्टको बच्चाहरूलाई पार्टटाइम काम गराउँदै आएको छ । विशेषगरी होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीहरूलाई विभिन्न होटलमा लगेर प्रेक्टिकल गराउने र सोही आधारमा उनीहरूले थोरै भए पनि पैसा कमाइरहेका छन् ।
‘हाम्रो अध्यक्ष टुरिज्म क्षेत्रको हुनुहुन्छ । त्यसैले उहाँ बच्चाहरूलाई विभिन्न होटलहरूमा लगेर काम गराउँदै आएका छौँ । बच्चाहरूको प्रेक्टिकल पनि हुन्छ । केही पैसा पनि कमाउँछन् । त्यो भयो भने बच्चाहरूलाई पैसा कमाउन कतिको गाह्रो छ । बाबाआमासँग पैसा मागदा कति अप्ठ्यरो छ भन्ने महसुस गराइरहेका छौँ’ उनले भने ।
संस्कृत भाषाको पढाइ :
नेपालमा पछिल्लो समय संस्कृत भाषाको पठनपाठन विरलै हुन्छ । संस्कृत पाठशालाबाहेक अन्यमा संस्कृत भाषाको पठनपाठन बन्द जस्तै छ । तर रेडनले भने विगत चार वर्षदेखि संस्कृत भाषाको पढाइ गराउँदै आएको छ ।
३ देखि ७ कक्षासम्मका विद्यार्थीहरूलाई संस्कृत भाषा पढाउँदै आएको उनको भनाइ छ ।
अतिरिक्त क्रियाकलापमा जोड
रेडनले विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलापमा जोड दिँदै आएको छ । त्यसका लागि विद्यार्थीहरूलाई नै जिम्मेवार बनाइन्छ ।
विद्यार्थीहरूलाई निबन्ध लेखन प्रतियोगिता, वादविवाद प्रतियोगिता, कविता प्रतियोगिता, भाषणकला प्रतियोगिता, हस्तकला प्रतियोगिता, विभिन्न खेलकुद प्रतियोगिता गराउँदै आएको छ ।
यस्ता प्रतियोगिता विद्यार्थी स्वयंले आयोजना गर्छन् । त्यसमा शिक्षकहरूको सहभागिता हुँदैन ।
‘बच्चाले सिकेको कुुरा कार्यान्वयन होस् भन्ने चाहना हाम्रो हुन्छ । जति पनि हाम्रा फर्मल प्रोग्राम हुन्छन् ती सबै बच्चाले हेन्डलिङ गर्छन् । त्यसमा टिचरको एक्सेस हुँदैन्’ उनले भने ।
शिक्षा दिने हकमा आगामी पिँढीलाई कस्तो बनाउने भन्ने कुरामा ध्यान दिने गरेको उनको भनाइ छ । शिक्षा नेपाल केन्द्रित नभएर विश्व परिवेशलाई सुहाउने खालको हुनुपर्छ भन्ने मान्यता आफूहरूको रहेको उनको भनाइ छ ।
गुणस्तरीय शिक्षा, बलियो पूर्वाधार
गुणस्तरी शिक्षाको हकमा कुनै सम्झौता नगर्ने रेडनले भौतिक पूर्वाधार पनि त्यही खालको बनाउँदै आएको छ । आफ्नै सुविधा सम्पन्न भवनमा विद्यार्थीलाई पठनपाठन गराउँदै आएको छ ।
विद्यार्थीका लागि आवश्यक पर्ने सम्पूर्ण भौतिक पूर्वाधार रेडनमा छन् । राम्रो ल्याब प्रयोगशाला, राम्रो लाइब्रेरी, सुविधासम्पन्न खेल मैदान जस्ता पूर्वाधारसमेतको व्यवस्था गरिएको छ ।
यसका साथै विद्यार्थीहरूलाई आवासको पनि व्यवस्था गरिएको छ । टाढा टाढाका विद्यार्थीका लागि बसको व्यवस्था पनि छ ।
यी सबै कुरा आधारभूत आवश्यकताभित्र पर्ने उनको भनाइ छ । रेडनले एकदमै पारिवारिक वातावरणमा पठनपाठन गराउँदै आएको छ ।
सङ्क्षिप्तमा रेडन
स्थापना : विसं २०५७ (सन् २०००) मा ।
स्थान : सामाखुसी रेडन पुल, काठमाडौँ ।
पढाइ हुने सङ्काय :
विद्यालय तह : मेन्टेस्वरी प्रि–स्कुल, माध्यमिक तह ।
प्लसटु : साइन्स र म्यानेजमेन्ट ।
बेचुलर : बीबीएस (ब्याचलर अफ बिजनेस स्टडिज) ।
शुल्क : विद्यार्थी र अभिभावकले तिर्न सक्ने ।
छात्रवृत्ति : नेपाल सरकारले तोकेको १० प्रतिशत अनिवार्य ।
विद्यार्थी सङ्ख्या : १ हजार ५०० भन्दा बढी ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुग्लिन–पोखरा सडक : पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो
-
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बाल क्यान्सरको निःशुल्क उपचार
-
व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी
-
थोरै फिल्म होस्, तर राम्रो छान्छु : वर्षा राउत
-
मेलामा कुटपिट गर्ने ५ जनामाथि मुद्दा दायर
-
आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? (सूचीसहित)