एम्बाप्पेलाई भित्र्याउन प्रस्ताव पेस गर्ने तयारीमा चेल्सी र अल–हिलाल

पेरिस । एसियाको प्र–सिजन टूरमा जाने टोलीमा समावेश नगर्दै पेरिस सेन्ट जर्मेन (पीएसजी)ले किलियान एम्बाप्पे अब बिक्रीमा रहेको स्पष्ट सन्देश दिएको छ । एम्बाप्पे बजारमा उपलब्ध रहेको खबरसँगै विभिन्न क्लबहरू उनलाई अनुबन्ध गर्नका लागि इच्छुक देखिएका छन् ।
यसमा प्रिमियर लिग क्लब चेल्सी र साउदी क्लब अल–हिलाल अग्रपङ्क्तिमा देखिएका छन् । प्रिमियर लिगमा एम्बाप्पेका प्रशंसकहरू धेरै छन् । त्यसैले उनलाई लिगमा भित्र्याउन चेल्सी तयार देखिएको छ । यद्यपि, क्लबले अहिलेसम्म कुनै औपचारिक प्रस्ताव भने पेस गरेको छैन ।
उता, साउदी क्लब अल–हिलाल पनि एम्बाप्पेलाई भित्र्याउन चाहन्छ । यो सिजन साउदी क्लबहरूले थुप्रै युरोपियन खेलाडी भित्र्याइरहेका छन् । यस्तोमा अल–हिलालले एम्बाप्पेलाई दुई वर्षमा ४० करोड युरोको ठुलो अफर प्रस्तुत गर्ने तयारी गरेको आरएमसी स्पोर्टले जनाएको छ ।
पीएसजीको सर्वाधिक गोलकर्ता रहेका एम्बाप्पेको करार यो सिजनको अन्त्यमा सकिँदैछ । उनले क्लबलाई करार नवीकरण नगर्ने जवाफ दिइसकेका छन् ।
एम्बाप्पेले अर्को सिजन सित्तैमा रियल मड्रिड जाने सम्झौता गरिसकेको बताइएको छ । तर, क्लब भने उनलाई सित्तै जान दिन चाहँदैन । त्यसका लागि क्लबले उनलाई करार नवीकरणका लागि मनाउने प्रयास गरे पनि त्यो सफल हुन सकेन । त्यसैले क्लबले उनलाई अब बिक्रीका लागि बजारमा उपलब्ध गराएको छ ।
यता, फुटबलर्स युनियनले भने पीएसजीले एम्बाप्पेमाथि ‘नैतिक उत्पीडन’ गरिरहेका आरोप लगाउँदै कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ ।
२४ वर्षीय खेलाडी सन् २०१७ मा १६।५७ करोड पाउन्डमा पीएसजीसँग आबद्ध भएका थिए । ६ वर्षमा उनले क्लबका लागि २६० खेलमा २१२ गोल गरेका छन् । उनले पछिल्ला पाँच लिग वान सिजनमा गोल्डन बुट जितेका छन् ।
सन् २०१८ मा फ्रान्सलाई विश्वकपको उपाधि दिलाउन उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए । सन् २०२२ को विश्वकप फाइनलमा अर्जेन्टिनासँग पराजित हुँदा उनले ह्याट्रिकसमेत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटो खन्ने क्रममा ढुङ्गा खसेर स्काभेटर चालकको मृत्यु
-
सुजाता नेतृत्वको कांग्रेस प्रतिनिधिमण्डलद्वारा चिनियाँ नेताहरूसँग छलफल
-
एनआरएनए उच्चस्तरीय समितिको बैठक आह्वान
-
अमेरिकामा ट्रम्पसँग कुन प्रश्नको स्पष्ट उत्तर चाहन्छन् जेलेन्स्की ?
-
गणतन्त्रविरुद्धको आन्दोलन सम्भव छैन : पूर्व उपराष्ट्रपति पुन
-
‘दुश्मन हेरेको हेरै...’ चलेपछि दुर्गेशलाई भ्याइनभ्याइ