पत्रकारको मृत्युपछि युक्रेनप्रति रुस आक्रोशित : भन्यो – ‘जिम्मेवारले सजाय भोग्नुपर्छ’

युक्रेनमा शनिवार एक रुसी पत्रकारको मृत्यु र तीनजना घाइते भएपछि दुई देशबीच आरोप–प्रत्यारोप सुरु भएको छ । रुसी रक्षा मन्त्रालयले युक्रेनले क्लस्टर बम प्रयोग गरी गरेको आक्रमणमा पत्रकार मारिएको बताएको छ ।
अर्को घटनामा, जर्मन प्रसारक डायचे वेलेले एक रुसी हमलामा युक्रेनभित्र उनीहरूको एकजना पत्रकार घाइते भएको समाचार एजेन्सी रोयटर्सले बताएको छ । यो हमलामा एक युक्रेनी सैनिकको पनि ज्यान गएको छ । पत्रकारको ज्यान अहिले खतरामुक्त छ ।
यही महिना युक्रेनले अमेरिकाबाट क्लस्टर बम पाएको थियो, त्यसपछि यो चर्चामा छ ।
क्लस्टर हतियार अत्यन्त खतरनाक हुन्छन् । यिनीहरू लामो समयसम्म विस्फोट नभई कन बस्न सक्छन् । यसलाई नागरिकका लागि निकै खतरनाक मानिन्छ त्यसैले विश्वका सयभन्दा बढी देशले यसमा प्रतिबन्ध लगाएका छन् ।
यद्यपि, समाचार एजेन्सी रोयटर्सले शनिवार भएको हमलामा क्लस्टर हतियारको प्रयोगको पुष्टि गर्न नसकिने स्पष्ट पारेका ेछ । तर युक्रेन र रुस दुवैले युद्धको सुरुवातदेखि नै क्लस्टर बमको प्रयोग गरिरहेका छन् ।
आक्रमणमा मारिएका रुसी पत्रकारको नाम रोस्टिस्लाभ झुराभलेभ हो । उनी सरकारी समाचार एजेन्सी रियाको युद्ध संवाददाताका रूपमा कार्यरत थिए । आक्रमणको बीचमा युक्रेनको जापोरोज्ये क्षेत्रबाट उनका तीन सहकर्मीलाई सुरक्षित रूपमा बाहिर निकालिएको छ ।
रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले आक्रमणको निन्दा गर्दै यसलाई युक्रेनको ‘आपराधिक आतङ्क’ बताएकी छिन् । युक्रेनले यो हमला जानाजानी गरेको उनले बताए । यद्यपि, प्रमाणित गर्ने कुनै प्रमाण भने उनले दिएनन् ।
जाखारोभाले भने, ‘रुसी पत्रकार विरुद्ध क्रूर प्रतिशोधका लागि जिम्मेवार व्यक्तिहरूलाई कारबाही हुनुपर्छ । किभलाई क्लस्टर हतियार आपूर्ति गर्नेहरूले पनि यो जिम्मेवारी वहन गर्नुपर्छ ।’
युक्रेनले यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धोनीको कप्तानीमा चेन्नईको पुनरागमन, लखनऊ ५ विकेटले पराजित
-
नयाँ वर्षको दिन सङ्खुवासभामा चट्याङ लागेर एकै परिवारका चार जना घाइते
-
१२ बजे, १२ समाचार : नयाँ वर्षको पहिलो दिन पनि शिक्षकहरू सडकमैदेखि बैंकहरूले लागु गरे नयाँ ब्याजदरसम्म
-
धनगढी हाफ म्याराथनको उपाधि आर्मीका खड्कालाई
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक