३० वर्षपछि सरोज खनालले भेटे ‘सान्नानी’, तर चिनेनन्

काठमाडौँ । अभिनेता तथा निर्देशक सराेज खनालले ३० वर्ष पछाडि सान्नानी भेटेका छन् । आफूले पहिलो पटक निर्देशन गरेको ‘बगान’ चलचित्रको प्रमोसनका लागि दौडधुपमा रहेका अभिनेता खनालले २०५० सालमा निमार्ण भएको ‘सान्नानी’को नायिकालाई हिजो भेटेका हुन् ।
सो फिल्ममा खनाल हिरोको भूमिका हुँदा ‘सान्नानी’ मेघा पोखरेल भने हिरोइनको भूमिकामा थिइन । तर, सो फिल्म पछि ‘सान्नानी’ कतै पनि देखा परिनन्, खनालका अनुसार उनी लगभग गुमनाम जस्तै भएकी थिइन् । तर, शनिबार उनै नायिका पोखरेलले ‘मलाई चिन्नुभयो ?’ भन्दै आए पछि आफू एकछिन अक्क न बक्क परेको समेत खनालले सुनाएका छन् ।
अनि उनले सामाजिक सञ्जालमा लेखे, ‘२०५० साल तिर हराएकी सान्नानी आज बगानमा भेट्टिन’ खनालले सो भेट पछि लेखेका छन्, ‘उनले अभिनय गरेका २ चलचित्र ‘सोल्टिनी’ र ‘सान्नानी’ जुन त्यति बेला दर्शकले अत्यधिक मन पराउनु भएको सुपरहिट चलचित्र थियो, सान्नानीमा म उनको नायक थिए, यी दुवै चलचित्र चल्नुको कारण उनको अभिनय थियो, सबै निर्माता र निर्देशक उनलाई आफ्नो फिल्ममा लिन लालायित थिए, तर सान्नानी खेलेपछि उनी एकाएक चलचित्र क्षेत्रबाट हराइन, उनको धेरै खोजी भयो तर न उनलाई कसैले भेटे न उनी फर्केर आइन् ।’
उनले नायिका पोखरेललाई भेट पछि भावुक हुँदै अगाडी लेखेका छन्, ‘शनिवार सिभिल मलमा बगान हेर्न आउनु भएका दर्शकलाई भेट्न जाँदा फोटो खिच्न आउनु हुने दर्शकको भिडबाट ‘मलाई चिन्नु हुन्छ ?’ भन्दै उनी म तिर आइन्, मैले झट्ट उनलाई चिन्न सकिन किनकि ३० वर्षमा उनीमा धेरै परिवर्तन आइसकेको थियो , तर जब उनी हाँसिन मैले उनलाई चिने, ३० वर्षपछि पनि सान्नानीको हाँसो उस्तै थियो, सान्नानी र सोल्टिनी अर्थात नायिका मेघा पोखरेल ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बद्रीनारायण धाममा हुन लागेको प्राण प्रतिष्ठाको प्रचारको लागि सितापालादेखि वाकाथन (तस्बिरहरू)
-
तीनकुनेमा हिंसा भड्काएको आरोपमा सन्तोष सिलवाल पक्राउ
-
मुलपानीमा वर्षा, नेपाल र अफगानिस्तानबिचको खेल प्रभावित (तस्बिरहरू)
-
रामकुमारी झाँक्रीद्वारा शिक्षक आन्दोलनको कडा आलोचना, भनिन्–ऐन सडकबाट पास हुने हो ?
-
शिक्षकलाई आन्दोलनमा होमिन प्रेरित गर्ने ‘हामी शिक्षक’ गीत कसरी बन्यो ?
-
काठमाडौँ उपत्यकामा चुनौती बन्दै ट्राफिक व्यवस्थापन, करिडोर सडक बन्दैछन् विकल्प (तस्बिरहरू)