बीपी कोइरालाको सम्झनामा दीप प्रज्ज्वलन

काठमाडौँ । नेपाली कांग्रेसका संस्थापक नेता जननायक बीपी कोइरालाको स्मृतिमा दीप प्रज्ज्वलन गरिएको छ । बीपी कोइरालाको ४१ औँ स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ४ ले आज साँझ टुडाँलदेवी मन्दिर परिसरमा दीप प्रज्ज्वलन गरेको हो ।
कार्यक्रममा काठमाडौँ क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले बिपीको विचार र चिन्तनलाई कांग्रेसले सँधै अगाडि बढाउने बताए । उनले बीपी कोइराला प्रधानमन्त्री भएर १७ महिनामा गरेको काम आजसम्म कुनै सरकारले गर्न नसकेको बताए ।
“आर्थिक दृष्टिकोण विनाको राजनीतिक अगाडि बढ्न नसक्ने बिपीको विचार थियो, बीपी कोइरालाको सरकारलाई अपदस्थ नगरेको भए नेपालको आर्थिक उन्नति धेरै अगाडि बढ्थ्यो”, उनले भने ।
नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका वडा नं ४ का सभापति रामप्रसाद न्यौपानेले बीपीको स्मृति दिवसलाई विभिन्न तरिकाले मनाउने क्रमअनुसार दीप प्रज्ज्वलन गरिएको बताए । राष्ट्रियता, प्रजातन्त्र र समाजवादका प्रवर्द्धक बीपी राष्ट्रवादी राजनेता भएको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको प्यारापिट धमाधम बन्दै, तस्बिरहरू
-
उपाधि भारतले जिते पनि गोल्डेन ब्याट, गोल्डेन बल र सर्वोत्कृष्ट खेलाडी न्युजिल्याण्डको पोल्टामा
-
गर्मीमा भुलेर पनि खान हुँदैन यी पाँच कुरा
-
कमल थापाले बोलाए पदाधिकारी बैठक
-
मिलन नेवारलाई भारतमा 'स्वर कोकिला लता मंगेशकर सम्मान'
-
‘जरिबाना राजसंस्था र राप्रपाप्रति बालेनको वक्रदृष्टि हो, हामी एक लाख तिर्दैनौँ’