बकैयाका ११ जना भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरण

हेटौँडा । मकवानपुरको बकैया गाउँपालिकाले भूमिहीन सुकुम्बासीहरुलाई जग्गाधनी पुर्जा (लालपुर्जा) वितरण गरेको छ । शनिवार एक कार्यक्रमका बीच प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको उपस्थितिमा बकैया वडा नम्बर–५ का ११ जना भूमिहीन सुकुम्बासीहरुलाई लालपुर्जा वितरण गरिएको हो ।
मुख्यमन्त्री जम्कट्टेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बकैया–५ का शुक्रबहादुर भुलुन, निरमाया भुलुन, फुलमाया भुलुन, सुवास कुमार बि.क, सुशीला विक, बाबुलाल थिङ, कमलबहादुर थिङ, कान्छीमाया पुलामी, हस्तबहादुर थिङ, लक्ष्मण थापा र विनोद वाइबालाई लालपुर्जा हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मुख्यमन्त्री जम्कट्टेलले सरकारले नागरिकहरू प्रति उत्तरदायी भएर काम गरेको बताए । उनले सरकारले सकारात्मक पहलहरू गर्दा पनि विपक्षीहरूले विरोधका लागि विरोध गरेको बताए । सरकारले अवैध रूपमा ल्याएको सुन नियन्त्रणमा लिँदा पनि विपक्षीहरूले विरोध गर्दै सडकमा राँके जुलुस निकालेको उनको भनाई छ ।
‘सरकारले नागरिकहरूप्रति उत्तरदायी भएर जिम्मेवारी पुरा गरिरहेको छ । तर, सरकारले राम्रो काम गर्दागर्दै पनि विपक्षीहरूले विरोध गर्दै अवरोध गर्ने काम गरिरहेका छन्’ उनले भने, ‘सरकारले अवैध रूपमा ल्याइएको १०० किलो सुन समातेर अनुसन्धान कार्य अघि बढाएको छ । तर, एमालेका साथीहरू विरोध गर्दै राँके जुलुसमा निस्किनुभएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘राजनीतिक विवेक राख्नेले वर्तमान सरकार बिचौलियाको हो भनेर स्वीकार गरिसके’
-
दुई अर्बको सिमेन्ट भारत निर्यात
-
इलाममा जेठी सासूको हत्या गरेको आरोपमा ज्वाइँ पक्राउ
-
हामीसँग अहिले बन्दुक छैन, प्रचारमार्फत नै बुर्जुवाहरूसँग लड्नुपर्छ : अध्यक्ष दाहाल
-
गरिबी, असमानता र शोषणविरुद्धको संघर्ष विश्वव्यापी रूपमा अगाडि बढाउनुपर्छ : उपेन्द्र यादव
-
भाडाको घरमा बस्दा वास्तुबारे के–के ख्याल गर्नुपर्छ ?