मणिपुर घटनामा पीडितका श्रीमान्ले भने– देशका लागि लडेँ तर श्रीमतीको रक्षा गर्न सकिनँ

मणिपुर । मणिपुरको थौबल जिल्लामा यौन दुर्व्यवहारमा परेकी एक महिलाका पतिले आफूले देशको लागि कारगिल युद्ध लडेको तर आफूलाई रक्षा गर्न नसकेकोमा खेद व्यक्त गरेका छन् ।
जुलाई १९ मा दुई महिलालाई नग्न परेड गरी दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । यो घटना भने मे ४ गते भएको हो ।
घटनाप्रति दुःख व्यक्त गर्दै कारगिल युद्ध लडेका असम रेजिमेन्टका सुबेदारले भने, ‘म कारगिल युद्धमा देशका लागि लडेँ । म श्रीलङ्कामा तैनाथ भारतीय शान्ति सेनाको हिस्सा थिएँ। मैले देशको रक्षा गरेँ तर मलाई अफसोस छ कि मेरो सेवा निवृत्ति पछि मैले मेरी श्रीमती र गाउँलेहरूको रक्षा गर्न सकिनँ।’
यसो भन्दै गर्दा उनका आँखा रसाएका थिए । उनले भने, ‘मैले कारगिलमा मोर्चामा लड्दा युद्ध देखेको छु । अहिले जब म सेवा निवृत्तिपछि घरमा छु । मेरो आफ्नो ठाउँ रणभूमि भन्दा खतरनाक भएको छ।
यस घटनालाई लिएर विपक्षी दलहरूले मणिपुरका मुख्यमन्त्री वीरेन सिंहको राजीनामा माग गरिरहेका छन्। महिलाका पतिको आरोप छ कि मे ४ को बिहान भीडले उक्त क्षेत्रमा धेरै घर जलाएको थियो ।
ती दुई महिलालाई नग्न पारेर गाउँमा मानिसहरूका अगाडि हिँड्न बाध्य पारिएको उनले बताए । सो क्रममा प्रहरी उपस्थित भए पनि कारबाही नगरेको उनको भनाई ।
यस्तो अवस्थामा घर जलाउने र महिलाको अपमान गर्ने सबैलाई कडा कारबाही होस् भन्ने उनको माग छ ।
यस प्रकरणमा हालसम्म पाँच जना पक्राउ परेका छन् । मणिपुर हिंसामा अहिलेसम्म झण्डै १५० जनाको मृत्यु भइसकेको छ र दर्जनौं चर्चमा आगजनी भएको छ भने ५०,००० भन्दा बढी मानिस विस्थापित भएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फागुनमै विवाह गर्दै अस्मिता र महेश
-
महाशिवरात्रिको तयारी पूरा, बिहान दुई बजेदेखि पशुपतिको चारै ढोका खुला गरिने
-
कांग्रेस–एमालेको काम रास्वपा र रविलाई लखेट्ने हो : सन्तोष परियार
-
डेलिभरी भ्यान अनियन्त्रित भएर घरकोआँगनभित्र छिर्यो, एकको मृत्यु
-
हिमालको फेदबाट सुशासन सिकाइरहेको नार्पाभूमि
-
स्पष्टीकरणमा परेसँगै कुलमानको विज्ञप्ति : मन्त्रीसँग म्याण्डेट लिइएको थियो