इराकमा भत्काइयो ३०० वर्ष पुरानो मस्जिदको मीनार

बग्दाद । इराकमा सडक फराकिलो बनाउन तीन सय वर्ष पुरानो मस्जिदको मीनार भत्काइएको छ । सो मस्जिदको मिनार भत्काएपछि स्थानीयले विरोध गरेका छन् । सरकारको सो निर्णय प्रति असन्तुष्टि व्यक्त गर्दै स्थानीयले इराकको सांस्कृतिक सम्पदामा ठेस पुगेको बताएका छन् । यो घटना इराकको दक्षिणी सहर बसराको हो ।
सन १७२७ मा बनेको ११ मिटर (३६ फिट) अग्लो मीनारलाई शुक्रबार बिहान बुलडोजरले भत्काइएको थियो र धुलोको बादलमा यसको सुन्दरता एकाएक हराएको थियो। सो मिनारका कारण सहरको ट्राफिक समस्या समाधान हुन सकेको थिएन र यो समस्या अन्त्य गर्न बसराका गभर्नरले यसलाई हटाउन आदेश जारी गरेको भनिएको छ । तर, सुन्नी मुस्लिम इन्डोमेन्ट र पुरातात्विक अधिकारीहरूसहित धार्मिक र सांस्कृतिक अधिकारीहरूले यो योजनालाई नष्ट गर्नुको सट्टा संरक्षण र स्थानान्तरण गर्नुपर्थ्यो भन्ने तर्क गर्दा गर्दै पनि यो मिनार भत्काईएको जनाइएको छ ।
बसराका निवासी माजिद अल हुसेनीले मस्जिदको भग्नावशेषमा उभिएर भने, ‘सबैले आफ्नो सम्पदा र इतिहासको रक्षा गर्छन् र यहाँ भने हाम्रो इतिहास र सम्पदालाई नष्ट गर्छन्’ इस्लामिक राज्यले गरेका वर्षौंको उपेक्षा र द्वन्द्वले इराकको धेरैजसो समृद्ध सांस्कृतिक सम्पदा नष्ट भएका छन् । सम्पदा संरक्षणकर्ताहरू डराउँदै गएका छन् कि बगदादमा जारी निर्माण कार्यको हतार र देशभर सडक, पुल र अन्य पूर्वाधारहरू विस्तार गर्ने योजनाले यस्ता सम्पदाहरुलाई तिब्र रुपमा नष्ट गर्न सक्छ।
तर, संस्कृति मन्त्री अहमद अल बद्रानीले रोयटर्सलाई भने कि सिराजी मस्जिदको मीनारलाई नष्ट गर्न अनुमति नदिएको र स्थानीय पुरातात्विक अधिकारीहरूले यसलाई स्थानान्तरण गर्न राज्यपालसँग सहमति जनाएका थिए। तर, सो मिनार भत्किसकेको भन्दै संस्कृति मन्त्रालयले अब त्यसको अवशेष निकालेर संरक्षण गर्ने र त्यसैगरी मिनारको नमुना पुनःनिर्माण गर्ने प्रतिबद्धता जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'जुन देश गरिब हुन्छ त्यस देशका नेताहरू सजिलै बिक्री हुन्छन्'
-
ढोरपाटन जोड्ने सडक स्तरोन्नितका लागि एक अर्ब बजेट
-
एक्मीका विद्यार्थीलाई अन्यत्र सारियो, कलेजलाई कारबाही गर्न हुँदैछ आनाकानी
-
‘सर्माइ भागेर’ मा ‘दर्पण छाया २’ जोडी पुष्प र सहारा
-
‘आउटलः दफा २१९’को एक्सनले उठाउला सुशीलको करियर ?
-
भोजपुरमा ‘अकबरे खुर्सानी प्रशोधनको केन्द्र’ स्थापना गरिँदै