सुन प्रकरणमा एमाले महासचिव भन्छन् : प्रश्नै गर्न नपाउने हो ?
काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सुन प्रकरण माथि उठेका प्रश्नको जवाफ दिनु पर्ने बताएका छन् । सुन पक्राउलाई स्वागत गरेका एमाले महासचिव पोखरेलले ‘एयरपोर्टको प्रशासन, सुरक्षा निकाय र भन्सार प्रशासन कहाँ कसको संलग्नता छ र क कसको संरक्षण छ ?’ भन्ने जवाफ दिनु पर्नेमा जोड गरेका छन् ।
उनले नेपालमा चल्ने अधिकांश मोटरसाइकल र स्कुटर भारतीय हुँदा हुँदै चिनियाँ मोटरसाइकलमा प्रयोग हुने समान निरन्तर ल्याउँदै गर्दा पनि किन शङ्काको घेरामा राखेर अनुसन्धान नगरिएको भन्दै थप प्रश्न पनि गरेका छन् ।
एमाले महासचिवको प्रश्न जस्ताको तस्तै:
सुन प्रकरणमा सत्तामा रहेका विशेष गरी माओवादी पक्षधरहरूबाट अरूको गालामा बियाँ टाँस्ने धन्दा जारी छ । उनीहरूबाट जो सत्तामा छ, ऊसँग प्रश्न गर्नु भनेको अपराध हो भन्ने भाष्य खडा गर्न खोजिँदै छ । के कुनै एउटा राम्रो काम गरेका आधारमा सत्ता पक्षधरहरूले सबै प्रकारका कमजोरीबाट उन्मुक्ति पाउनुपर्दछ भन्ने सत्ता पक्षीय दृष्टिकोण हो ?
१०० किलो सुन प्रकरणमा पनि त राजश्व अनुसन्धान विभागको नेतृत्वले जस पाएकै छ । बाहिर सुन समातिएका आधारमा एयरपोर्टको सुरक्षा प्रणाली र भन्सार प्रशासनले उन्मुक्ति पाउँछ र रु अनि त्यसको नेतृत्व गर्ने सरोकारवाला नेतृत्व माथि प्रश्न उठाउने कुरा अनुचित हुन्छ र ? हुँदैन । सत्ताको नेतृत्व गरिरहेको सरोकारवाला निकायले यी प्रश्नहरूप्रति जबाफदेही बन्नै पर्दछ ।
१. एयरपोर्ट भन्सारबाट १०० किलोभन्दा बढी सुन बाहिरिएको तथ्य सुराकीले दिएको सूचनाका आधारमा राजश्व अनुसन्धान विभागको टोलीले समात्न सफल भएको घटनाबाट पुष्टि भएको छ । के यसमा एयरपोर्टको सुरक्षा प्रणाली र भन्सार प्रशासनको मिलेमतो र जानकारी विना यस्तो कुरा सम्भव हुन्छ ?
२. नेपालमा अधिकांश भारतीय उत्पादनका मोटरसाइकल प्रयोगमा छन् । तर मोटर साइकलको उपकरण चाही हङकङबाट त्यो पनि हवाई मार्गबाट पटक पटक आउनुलाई के स्वाभाविक मान्न सकिन्छ ? यसमा राज्यका निकायको ध्यान जानुपर्ने होइन ?
३.आयातकर्ता कम्पनीको मालिक एकजना दैनिक ज्यालादारीमा काम गर्ने अबोध मजदुर रहेको तथ्यले यो गिरोह कति धूर्त र पहुँचवाला रहेछ भन्ने देखिन्छ । यति ठुलो पैमानामा कारोबार हुने कम्पनीका बारेमा सरकार यसरी बेखबर बस्न मिल्दछ र ? अबोध मजदुरलाई प्रयोग गरेर कम्पनी दर्ता गर्ने र कारोबार गर्नेहरू को हुन् ? राज्यको निकायले खोज्नु पर्दैन ? सत्य तथ्य बाहिर ल्याउनु पर्दैन ?
४. कतै यस प्रकरणमा राजश्व अनुसन्धान विभागमा नयाँ नेतृत्व आएका कारणले वा गिरोहका बीचमा विवाद भएका कारणले तस्करीको योजना असफल भएको त होइन भन्ने कुरालाई आधार बनाउने हो भने यस अघि पनि यसरी नै ठुलो पैमानामा सुन तस्करी भएको देखिन्छ । के अनुसन्धान त्यहाँसम्म पुग्नु आवश्यक छैन र ?
५. शासकीय जिम्मेवारी र दायित्व भनेको अरूले गरेको राम्रो कामको जस लिन होडबाजी गर्ने कमजोरीको हकमा भने टकटकिने चाही होइन होला नि ? यस अर्थमा एयरपोर्टको प्रशासन, सुरक्षा निकाय र भन्सार प्रशासन कहाँ कसको संलग्नता छ र क कसको संरक्षण छ ? भन्ने कुरा पनि नागरिक चासोको विषय बनाउ । राष्ट्रको प्रतिष्ठामा नै आँच आउने यस्तो विषयमा गम्भीर बनौँ । आशङ्कित सबैलाई छानबिनको दायरामा ल्याउन विलम्ब नगरौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यान्चेस्टर सिटीको च्याम्पियन्स लिग यात्रा धरापमा
-
बिहीबार आज कसलाई कति लाभ ? हेरौँ राशिफल
-
घट्यो अमेरिकी डलरको मूल्य, अन्य विदेशी मुद्रा कसको दर कति ?
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म