सतिसाल

यो निष्पट्ट अँध्यारोमा
झनै कालो चन्द्रमा
यी कुरुप धारिला फूलहरू
यो प्राण मरेको हावा र
यो निर्जीव बगिरहेको पानी
किन यो भीरको फेद टुप्पो छैन ?
किन म खसेर सकिनँ ?
किन छ यो यति विघ्न अत्यासलाग्दो ?
यी अशान्तिका चार खुट्टामा
यो छटपटीको बिस्तारा
तिमी आसपास नहुँदा
छटपटिएर अत्तालिएछु यस्तरी कि
उछिट्टिई झरेछन् मेरा मुटुका
केही बिट धड्कनहरू
र, तिनलाई आफ्नै पैतालाले
आफै कुल्ची हिँड्दो रहेछु
अहो, कस्तो भयानक चेतना
खै, तिमी कहाँ छौ ?
किन तिमी देखिन्नौ ?
किन तिमी हरायो ?
तिमीबिना मैले देख्ने सपना त
यति कहालीलाग्दो छ प्रिय,
नसोध तिमीबिनाको बिपना
कस्तो हुँदो हो भनेर ।
युगौँ युगको कथा कहानी त
कसलाई अनुभव छ र यहाँ
तिमी मेरो हृदयमा
सय साल बाँचिरहने
अर्को सय साल सम्झिरहने
सतिसाल हौ माया
तिमी सतिसाल हौ ।
खोटाङ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिक वर्गले परिवर्तनको नेतृत्वदायी भूमिका खेल्न सक्छन् : पूर्वप्रधानमन्त्री खनाल
-
राजधानीमा एकाबिहानै वर्षा, खराब मौसमले उडान प्रभावित
-
श्रमिकको पसिनाले देश अगाडि बढेको छ : प्रधानमन्त्री
-
श्रमजीवीको संघर्षकै कारण देशमा गणतन्त्रात्मक व्यवस्था कायम भएको हो : प्रचण्ड
-
‘कि जितिन्छ, कि बितिन्छ’ भन्दै सडकमा आएका शिक्षकहरूको उधारो सहमति
-
सुनसरीबाट ७ सय ८३ किलो गाँजासहित दुई जना प्रहरीको नियन्त्रणमा