महासङ्घ र अन्तर्राष्ट्रिय मुद्रा कोष मिसनबीच भेटवार्ता

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र अन्तर्राष्ट्रिय मुद्रा कोषको नेपालबारे अध्ययन गर्न आएको मिसन टोलीसँग महासङ्घ सचिवालयमा औपचारिक भेटवार्ता भएको छ । उक्त भेटवार्तामा महासङ्घ अध्यक्ष ढकालले विद्यमान आर्थिक मन्दीको अवस्थाबाट अर्थतन्त्रको सुधारका लागि कोषले सहयोग गर्नुपर्ने बताए ।
बजारमा माग सिर्जना गर्न आगामी मौद्रिक नीतिले ब्याजदर घटाउने, चालु पुँजी कर्जा मार्गदर्शनको परिमार्जन एवं कर्जाको पुनर्संरचना, पुनर्तालिकीकरण पुर्न कर्जा सुविधा दिनुपर्नेमा महासङ्घले राष्ट्र बैङ्कसँग आग्रह गरिरहेको बताउँदै अध्यक्ष ढकालले यसमा अन्तर्राष्ट्रिय मुद्रा कोषको पनि सहयोग आवश्यक रहेको बताए । बजारमा उद्यमी व्यवसायीहरूको आत्मविश्वास बढाउनु अहिले सबैभन्दा महत्त्वपूर्ण विषय रहेकोमा अध्यक्ष ढकालले जोड दिए ।
सो अवसरमा कोषको मिसन टोली प्रमुख टिएडन किन्डाले अहिलेको अवस्थामा निजी क्षेत्रको धारणा बुझ्नु आवश्यक भएकोले आफू महासङ्घ आएको वताएका थिए । उनले बजारमा माग घट्नुको कारण र पछिल्लो बजेटको प्रभावबारे जिज्ञासा राखेका थिए । महासङ्घ अध्यक्ष ढकालले नेपाली अर्थतन्त्र पनि श्रीलङ्काको जस्तै हुनसक्ने आशङ्कामा बजारमा माग सङ्कुचन गर्न ल्याइएका कार्यक्रमले बजारमा समस्या भएको बताए ।
महासङ्घका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले अधिकांश उद्योग न्यून क्षमतामा सञ्चालित रहेकाले बजार चलायमान बनाउन आवश्यक रहेको बताए । महासङ्घ लगानी तथा अन्तर्राष्ट्रिय मामिला फोरमका सभापति मनोज पौडेलले लगानी विस्तारका बारेमा नीतिगत सुधार आवश्यक रहेको बताए ।
मिसन टोली प्रमुख किन्डाले महासङ्घका अध्यक्षले राखेका विषयलाई आफूले महत्वका साथ लिएको बताए । साथै यस विषयमा थप छलफल गर्ने र आर्थिक स्थायित्वका लागि सहकार्य गर्ने बताए । टोलीमा कोषको नेपाल आवासीय प्रतिनिधि टेरेसा सान्चेज लगायत अर्थशास्त्रीहरूको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ वर्षको शुभकामना दिँदै प्रचण्डले भने, ‘सरकारले दलाल र विचौलियाको पक्षमा निर्णय लिँदा जनआक्रोश बढ्यो’
-
चरिकोटमा ‘सडकमा खाऊँ, सडकमै रमाऊँ’महोत्सव
-
‘एभियोट्रेस नेपाल स्कुल अफ टेक्नोलोजी’ विरुद्ध उच्च अदालत पाटनमा रिट
-
परराष्ट्रमन्त्रीसहित १५ देशका राजदूत कन्याममा
-
पूर्वराजा ज्ञानेन्द्र र मोदीको भारतमै विरोध
-
मण्डलामा सुनिए मञ्जुल, अभि सुवेदी र एलिसा एकलास