जुम्लामा अज्ञात समूहद्वारा ७ वटा घरमा आगजनी
शनिबार, ०६ साउन २०८०, ०९ : २०

सुर्खेत । जुम्लाको गुठीचौरमा अज्ञात समूहद्वारा ७ वटा घरमा आगजनी गरेको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार गुठीचौर गाउँपालिका –४ का ७ वटा घरमा आगजनी भएको पाइएको हो । आगजनी कसले किन गर्यो भन्ने विषय अहिलेसम्म खुलेको छैन ।
आगजनी एउटै गाउँको घरमा नभई विभिन्न गाउँका घरहरूमा भएको छ । आगो लगाइएको कुरा थाहा जानकारीमा आएसँगै जिल्लाबाट प्रहरीको टोली खटाइएको छ ।