भक्तपुर । यस वर्ष ढिलो गरी वर्षा सुरु भएपछि काठमाडौँ उपत्यकामा पनि ढिलै गरी धान रोपाइ भयो । धान रोपाइँको काम लगभग सम्पन्न भएसँगै किसानहरू धान गोड्नमा व्यस्त हुन थालेका छन् ।
भक्तपुर जिल्लामा अनुमानित ४ हजार ३ सय ४८ हेक्टर क्षेत्रफलमा धान रोप्ने गरिन्छ । यहाँका किसानहरू पनि यति बेला आ–आफ्नो खेतका गराहरूमा झार उखेल्दै गरेको भेटिन्छन् ।
भक्तपुर नगर क्षेत्र, चाँगुनारायण नगरपालिका, सूर्य विनायक नगरपालिका र थिमी नगरपालिका क्षेत्रमा किसानहरूले रोपाई सकेसँग धान गोड्न व्यस्त हुने गरेका हुन् ।
प्रतिक्रिया