प्राकृतिक ग्याँसको भण्डार पत्ता लगाउन १० हजार मिटर गहिरो खाडल खन्दै चीन
बेइजिङ । यस वर्षको मे महिनामा पृथ्वीको आन्तरिक संरचना अध्ययन गर्ने नाममा करिब १०,००० मिटर गहिरो ड्रिल गरिसकेपछि चीनले यस वर्ष दोस्रो अल्ट्रा डिप ड्रिलिङ परियोजना सुरु गरेको छ।
तर, यसपटक चिनियाँ परियोजनाको उद्देश्य भने फरक रहेको छ । चीनले पृथ्वीको गहिराइमा रहेको प्राकृतिक ग्याँसको भण्डार पत्ता लगाउने प्रयास गरिरहेको छ ।
चीनको समाचार एजेन्सी सिन्ह्वाको रिपोर्ट अनुसार यो परियोजनाको नेतृत्व चाइना नेसनल पेट्रोलियम कर्पोरेसन (सीएनपीसी)ले गरिरहेको छ। जसले सिचुआन प्रान्तको शेन्डी चुआन्के १ इनारको १०, ५२० मिटर (लगभग ६.५ माइल)को अनुमानित गहिराइको ड्रिलिङ सुरु गरेको हो ।
रुसले यसअघि उत्तर पश्चिमी कोला सुपरदीप बोरेहोलले १२,२६२ मिटरको आश्चर्यजनक गहिराइमा पुग्ने विश्वको सबैभन्दा गहिरो मानव निर्मित प्वालको गौरव प्राप्त गरेको थियो । चीनको सिनजियाङमा अघिल्लो इनारको प्रायोगिक फोकस मुख्यतया ड्रिलिङ टेक्नोलोजी परीक्षण गर्न र पृथ्वीको आन्तरिक संरचनामा डाटा सङ्कलन गर्न थियो।
सिचुआनमा हालको परियोजना विशेष गरी अति गहिरो प्राकृतिक ग्याँस भण्डारहरू अन्वेषण गर्ने उद्देश्यले हो। चीनको दक्षिण पूर्वी प्रान्त सिचुआन आफ्नो मसालेदार खाना, मनोरम पहाडी दृश्य र पाण्डाका लागि प्रसिद्ध छ। यससँगै चीनको सबैभन्दा ठुलो सेल ग्यास भण्डार पनि यहाँ अवस्थित छ। तर, अप्ठ्यारो भूभाग र जटिल भौगोलिक अवस्थाका कारण यी ग्यास स्रोतहरू निकासीमा धेरै चुनौतीहरू छन्।
हालैका दिनहरूमा चिनियाँ सरकारले ऊर्जा अभाव, भू राजनीतिक तनाव र विश्व पेट्रोलियम पदार्थको मूल्यमा उतारचढावको प्रतिक्रिया स्वरूप आन्तरिक उत्पादन बढाएर इन्धन सुरक्षा बढाउन ऊर्जा कम्पनीहरूलाई अपिल गरेको छ। अत्यन्त गहिरो प्राकृतिक ग्याँस भण्डारको खोजको यी चिन्ताहरूलाई सम्बोधन गर्न र यसको ऊर्जा सुरक्षालाई सुदृढ गर्ने देशको प्रयासहरूको एक हिस्सा हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी डलरको भाउ स्थिर, अन्य कसको मूल्य कति ?
-
पाँच महिनामा ५५ गर्भवती र सुत्केरीको उद्धार
-
ला लिगामा बार्सिलोनालाई धक्का, सेल्टा भिगोले बराबरीमा रोक्यो
-
लुम्बिनीलाई मुक्तिनाथसँग जोड्यो कालीगण्डकी करिडोरले
-
दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजमा एमबीबीएस पठनपाठनको तयारी
-
ब्राइटन, वुल्भ्स विजयी हुँदा एस्टन र क्रिस्टल, एभर्टन र ब्रेन्टफोर्डले अंक बाँडे